पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन - Naya Online

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे
पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन गरिने भएको छ । बुधबार कुम्मायक गाउँपालिकामा बसेको सर्वदलीय बैठकले बिहिबार मध्येराति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोनाभइरस कुम्मायक गाउँपालिकामा समेत फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकामा लकडाउन गर्ने निर्णय गरेको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । निषेधाज्ञा पालना गरि सहयोग गर्न पनि उहाँले कुम्मायकबासीलाई आग्रह गरेका थिए ।

लकडाउनसँगै एक सातासम्म कुम्मायक गाउँपालिकाबाट अन्य ठाउँ जान आउनका लागि यातायात सेवा बन्द हुने जनाइएको छ । भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न भने गाँपालिकाले यस अघिनै रोक लगाएको छ । त्यस्तै मेला, हाटबजार, गोष्ठी, लगायत सबै कार्यक्रम एक सातासम्म बन्द रहने पनि जनाइएको छ ।

सर्वदलीय बैठकले स्वस्थ्य मापदण्ड पालना गर्दे आ–आफनो व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ भने कोभिड १९ बाट बच्न सबैलाई सचेत हुृन अनुरोध गरिएको छ । यसका लागि सबैलाई सचेत बनाउने किसिमको चेतना मुलक संन्देश सबै गाउँपालिकाका सबै वडामा माइकिङ गर्ने कुम्मायक गाउापालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले जानकारी दिएका छन् ।

कोभिड १९ को नियण्त्रण तथा रोकथामका लागि कुम्मायक गाउँपालिकामा १० बेडको आइसोलेशनसहितको अस्थायी अस्पताल निर्माण गर्ने र यासोक बजारमा रहेको अमृत आधारभूत बिद्यालयलाई क्वारेन्टिन सेन्टर बनाउने पनि सर्बदलिय बैठकले निर्णय गरेको छ ।

यसअघि स्थापना भएको आइसोलेशन सहितको ५ शैयाको अस्पताललाई थप गरि श्रीजङगा बोर्डिङ स्कुलको भवनमा थप ५ शैयाको आइसोलेसन अस्थायी अस्पताल बनाउने निर्णय भएको छ ।

लकडाउन अवधिभर भर कुम्मायक गाउँपालिकाभित्र यातायात र बिकास निर्माणका काम भने सञ्चालन हुने सर्बदलीय बैठकले निर्णय गरेको कुरा पाँचथर एफएमले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...