सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म - Naya Online

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल फिल्म युट्युवमार्फत सार्वजनिक हुने भएको छ ।

रुकमान लिम्बुको प्रस्तुतिमा तयार भएको म्युजिकल फिल्ममा मनु नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको छ । उनीहरुलाई भीम लिम्बु, रुकमान लिम्बू, दिवस पयाङ्गु, निरन्ता नेम्बाङ, दीपा सुहाङ, रोजिना थेगिमले गायनमा सहयोग गरेका छन् । नेम खापुङको रचना, सुमन लिम्बुको लयसंकलन, अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।

म्युजिकल फिल्मको लागि लोकेन साँवाको कथा/निर्देशन, देवेन्द्र खापुङको पटकथा, बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन, विनोद लामाको ब्याकग्राउण्ड संगीत रहेको छ । त्यसैगरी छिरिङ शेर्पा र सुजु उप्रेतीको श्रृङ्गार, तेह्रथुमे ढाका बुटिक, याक्थुङ सेमी कलेक्सन र माङ्गेना ढाका पसलको ड्रेस रहेको छ ।

भिडियोमा रुकमान लिम्बू र सवनम साँवाको अभिनय रहेको छ ।

खेदाको भाग दई पनि आउने
यस म्युजिकल फिल्मको दोश्रो भाग पनि चाँडै नै आउने निर्देशक लोकेन साँवाले जनाएका छन् । यसको साहित्यकार, पत्रकार सेसेहाङ फियाकले रचना गरेका छन् । उक्त रचनालाई संगीत भर्ने तथा रेकर्ड गर्ने तयारी भइरहेका छ ।

प्रोमो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

चेतन, मनोहर र बानिकाको सांगीतिक कोसेली ‘हिजो आज’

काठमाडौँ, ३ असार । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको...

कुबेर राई आए आफ्नै गाउँको कथा सुनाउँदै

काठमाडौँ, १ असार । गायक कुबेर राई लामो समयपछि आफ्नै गाउँको गीत लिएर आएका...

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ १२ । कलाकार भीम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो...

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको...

‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक

काठमाडौं, जेठ १० । ‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

सुनभागाकी सुनफूल अब स्वरकी फूल भएर आउँदै

कोरोनाकहरले घरमै रहनुपर्दाको साथी इन्टरनेट बनेकै बेला फेसबुकमार्फत मनु लिम्बूले अरुणा लामाको ‘सबैले भन्थे...