‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा - Naya Online

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने

सियोल, कोरिया । संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवम् बान की मूनले एक एकीकृत कोरियाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको अध्यक्षलाई स्वीकार्नु भएको छ ।   “थिंक ट्यांक २०२२“ उपनाम दिइएको यस पहलले कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गर्न विज्ञहरूको अन्तर्राष्ट्रिय संजाल  निर्माण गर्दछ । १९५३ जुलाईमा कोरियाली युद्धमा बन्दुक बिसाइए पछि पनि सात दसक देखि उत्तरमा कम्युनिष्ट र दक्षिणमा प्रजातान्त्र शासन गरि कोरियाको विभाजन भैरहेको छ ।

बानले यसलाई लामो समयदेखिको बाँकी रहेको एक पहलको रूपमा उल्लेख गरेका थिए।  उनी आइतबारको छैटौं -याली अफ होप (आरओएच अन्तर्राष्ट्रिय) मा कोरियाबाट आइतवार, मे,९, २०२० मा प्रसारण गरिएको कार्यक्रममा प्रत्यक्ष बोलेका थिए। उनले स्वीकार्दै भने– “ थिंक ट्यांक २०२२ लाई लक्ष, नेतृत्व, अथक परिश्रम र समर्पण चाहिन्छ, यो कुनै साधारण काम होइन।”

थिंक ट्यांक २०२२ युनिभर्सल पीस फेडरेशनको एक परियोजना हो जुन स्वर्गीय डा. सन म्योङ मुन र उनकी श्रीमती डा. हाक जा हान मुनद्वारा स्थापित छ, जसले वर्तमानमा यस विश्वव्यापी अभियानको नेतृत्व गरेका हुन्।  यूपीएफका संस्थापकहरू दुवै वास्तवमा उत्तर कोरियाबाट आएका हुन्।  उत्तरमा भएको शासनसँग उनीहरूको मैत्रीपूर्ण सम्बन्ध छ जुन ३० बर्ष अघि विकसित भएको थियो जब उनीहरूले प्योंगयांगमा उत्तर कोरियाका संस्थापक र राष्ट्रपति किम इल सुंगलाई व्यक्तिगत रूपमा भेटे।  यसको मतलब यो कामका लागि यूपीएफ आदर्श रूपमा अवस्थित छ ।

आरओएच ६ कार्यक्रम १९४ राष्ट्रहरुमा दस करोडौं को दर्शकहरुमाझ पुगेको छ ।  मिडिया प्रिन्ट, इलेक्ट्रोनिक र इन्टरनेट लगायत विश्वभर १७६ प्रसारण केन्द्रहरुमार्फत प्रसारण भएको कुरा , डा. मुनको सचिवालयका  अन्तर्राष्ट्रिय मुख्यालयका महासचिव एवं -यालीका प्रुमुख   डा. युन योङ हो ले बताउनुभएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय  वक्ताहरुमा दुई वर्तमान राष्ट्र प्रमुख, दुई नोबेल पुरस्कार विजेता र एस्ट्राजेनेका कोभिड १९  खोपको मुख्य विकासकर्ता मध्ये एकजना  सम्मिलित थिए।

विशेष रूपमा, प्रमुख वक्ताहरू थिए सामदेक हुन सेन, प्रधानमन्त्री, कम्बोडिया,मोहम्मद बाजुम, राष्ट्रपति, नाइजर, माइक पेन्स, उप–राष्ट्रपति, अमेरिकी संयुक्त राज्य, माइक पोम्पीयो, संयुक्त राज्य अमेरिका सचिव, मार्क एस्पेर, संयुक्त राज्य सुरक्षा सचिव, जोसे मानुएल बारोसो, राष्ट्रपति, यूरोपीयन आयोग,डेभिड ब्यासले, कार्यकारी निर्देशक, युएन विश्व खाद्य कार्यक्रम ,प्रो सारा गिलबर्ट, सह–विकासकर्ता, अक्सफोर्ड भ्याक्सिन, न्युट गिनरिच, सभामुख, संयुक्त राज्य अमेरिका प्रतिनिधि सभा सम्बोधन गरेका थिए ।

-यालीको समापनमा डा.मूनले  थिंक ट्यांक २०२२ को संकल्प पत्रमा हस्ताक्षर गरेका थिए ।  त्यसपछि उहांले नयाँ शान्तिको पहलको शुभारंभको प्रतीकमा घण्टी बजाएका थिए । पाँच  -याली अफ होपको श्रृंखला अगस्त २०२० बाट शुरू भयो र कोभिड–१९ महामारी, वातावरणीय विनाश , गरीबी र असमानता, जातीय र साम्प्रदायिक सम्बन्ध, र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विभिन्न मुद्दाहरूको सम्बोधन गरेको छ । यूपीएफ परस्पर निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता), पारस्परिक समृद्धि (चरम गरीबी घटाउने र मानव विकासमा प्रतिबद्धता), र विश्वव्यापी मूल्य मान्यताहरू (विश्वासमा आधारित साझा आधार जुन हामीले पार गर्दै छौं । को मूल आदर्शमा केन्द्रित छ जुन राष्ट्रियता, धर्म, संस्कृति, र जाति को सिमाभन्दा माथी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने सियोल, कोरिया । संयुक्त राष्ट्र संघका...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

बलात्कारका दोषीलाई नपुंसक बनाइने

काठमाडौँ, ०१ पुष । पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कानुन अघि सारेको छ ।...

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु...

अमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने

काठमाडौं, ८ मंसिर। अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको...

रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ

मुम्बई, ४ नोभेम्बर । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको...

बेलायतले दोस्रोपटक लकडाउनको घोषणा

लन्डन, १ सेप्टेम्बर। बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले...

कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल

काठमाडौं, १४ कात्तिक । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई बिहीबार सर्वोच्च अदालतले भ्रष्टाचार...

बंगलादेशमा बलत्कारीलाई फाँसीको सजाय तोकियो

ढाका, १२ अक्टोवर । बंगलादेशमा लगातार बलत्कारको घटानाहरु बढेपछि बंलादेश सरकारले कानुन संशोधन गरेर...

पकिस्तानमा टिकटक प्रतिबन्घ

एजेन्सी ईस्लामावाद, ११ अक्टोबर | पकिस्तानमा पनि शुक्रबारबाट टिकटक चलाउन नपाउने भएको छ ।...