महामारीको विकराल अवस्थामा नक्कली अक्सिमिटरको कालोबजारी - Naya Online

महामारीको विकराल अवस्थामा नक्कली अक्सिमिटरको कालोबजारी

काठमाडौँ, २८ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड –१९ को विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको अध्याधिक माग हुन थालेपछि यसको व्यापक कालोबजारी हुन थालेको छ ।

विषम परिस्थितिको फाइदा उठाउँदै विभिन्न औषधीजन्य पसल एवं फर्माहरूले आम सर्वसाधारणहरूलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटरको कालोबजारी गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाले पक्राउ रेको छ । उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रीमूल्य, उत्पादक कमपनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहिन र कम मूल्यको अक्सिममिटर ७६५ थानसहित पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागसमेतको संयुक्त टोलीसमेतका सहभागितामा शिखर श्रेष्ठ, थुमराज उपाध्याय, शेषकान्त अधिकारी, पुष्कर घिमिरे, विशाल आचार्य, सन्तोष भण्डारी, जगदिशप्रसाद राजरिया पक्राउ परेका छन् ।

अनुसन्धानअनुसार बिशाल आचार्यले माक्सको तुनाको बक्साभित्र उक्त अक्सिमिटरहरू लुकाईछिपाई ल्याई ६/७ सय पर्नेलाई २२२० सम्म बिक्री गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले नयाँअनलाइनलाई जानकारी गराएका छन् ।

खापुङका अनुसार बायोप्लस फार्मेसी कुलेश्वर, नानोटेक फर्मा थापाथली, चिरायु केडी ग्रुप प्रा.लि. र पक्राउ परेका व्यक्तिहरूमार्फत नक्कली र गुणस्तरहिन अक्सिमिटरहरू वरामद भएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

याक्थुङ (लिम्बू) र मगर भाषाहरूमा बालसाहित्य अनुवाद प्रारम्भ

काठमाडौँ, ४ असार । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र...

बीस वर्षीया महिलालाई जबरजस्ती करणी

नुवाकोट, ४ असार। बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका-३ स्यान्ताङडाँडा बस्ने...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

अम्बिका चौलागाईंद्वारा वडा जनभवनलाई निशुःल्क जग्गा दान

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पाँचथरको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३...

तुम्बेवा गाउँपालिकाद्धारा किसानलाई निशुल्क फौजी किराको बिषादी बितरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पछिल्लो समय पाँचथरसहित बिभिन्न जिल्लामा फौजी किराको...

तमोर कोरिडोरको नावा खोलामा होम पाइप राखिंदै,

बर्खामा सवारी आवागमनमा सहज हुने अपेक्षा पदम सुखी सम्बाहाम्फे यासोक, ३ असार । पाँचथरको...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

संघीयवादी नेता केरुङ केन्द्रीय सदस्यमा मनोनीत

पाँचथर।  २१ जेठ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित...

खुवालुङबारे १४ जिल्लाका जनजाति महासंघको ध्यानाकर्षण

इटहरी, २१ जेठ । प्रदेश एकभरिका १४ वटै जिल्लाका आदिवासी जनजाति महासंघले आर्थिक वर्ष...