निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा - Naya Online

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

अभियानको क्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ५२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर संचालित सचेतनामूलक कार्यक्रममा १६ हजार ६ सय ९५ जना सहभागी भएका छन् ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...