जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा - Naya Online

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो लगायत नेताहरूबीच जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा अनौपचारिक छलफल चलिरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा देशको चौथो ठूलो दलको मत दुई धारमा देखिएपछि जसपा भित्रको समस्या सार्वजनिक सतहमा आएको कुरालाई पनि चिर्न खोजिरहेको श्रोतले बताएको छ ।

संघीय परिषद अध्यक्ष भट्टराईले सहमतिका लागि छलफलको प्रयास गरेको र अनौपचारिक छलफलपछि पार्टीको बैठक बस्नसक्ने बुझिएको छ ।

जसपा अध्यक्ष ठाकुरले वर्तमान सरकारले आफूहरूका माग सम्बोधन गर्ने प्रकृया थालिसकेको भन्दै गठबन्धनको सरकारमा सहभागी नहुने यसअघि नै बताउँदै आएका छन् ।

यादव–भट्टराई पक्षले भने जसरी पनि गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा अडान राख्दै आएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष भट्टराईले एउटा ट्विट गर्दै पूर्वप्रधानमन्त्री बनेका बाहेक नयाँलाई प्रधानमन्त्री बनाएर सर्वदलीय सरकार बनाउन सक्दा बर्तमान राजनीतिक निकास निस्कने औल्याएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...