गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री - Naya Online

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार गठन प्रयास असफल भएको छ । र, मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नै नियुक्त भएका छन् । विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि पुनः गुरुङ नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (३) बमोजिम गुरुङलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनी प्रदेशसभामा उपस्थित ठूलो दलको हैसियतबाट अल्पमतको मुख्यमन्त्री नियुक्त भएका छन् ।

जनमोर्चाका सांसदहरू कृष्ण थापा र खिमबिक्रम शाहीले प्रदेश प्रमुखलाई पत्र पठाएर नयाँ सत्ता गठबन्धनमा आफूहरूको संलग्नता नरहेको जानकारी दिएका हुन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक हुन्छन् । एमाले एक्लैसँग २७ सांसद छन् । र, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमालेलाई समर्थन गरेका छन् ।

विपक्षी गठबन्धनले कांग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेको थियो । तर, जनमोर्चाका दुई सांसदले धोका दिएपछि समर्थन नपुग्ने भएको हो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...