मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै - Naya Online

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक मितज्यूलाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो ।

मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

आगामी बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक मितज्यूको प्रिमियर गरिने भएको छ । प्रिमियर पश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिनेछ । अन्र्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने मण्डलाद्वार प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

चेतन, मनोहर र बानिकाको सांगीतिक कोसेली ‘हिजो आज’

काठमाडौँ, ३ असार । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको...

कुबेर राई आए आफ्नै गाउँको कथा सुनाउँदै

काठमाडौँ, १ असार । गायक कुबेर राई लामो समयपछि आफ्नै गाउँको गीत लिएर आएका...

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ १२ । कलाकार भीम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो...

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको...

‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक

काठमाडौं, जेठ १० । ‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

सुनभागाकी सुनफूल अब स्वरकी फूल भएर आउँदै

कोरोनाकहरले घरमै रहनुपर्दाको साथी इन्टरनेट बनेकै बेला फेसबुकमार्फत मनु लिम्बूले अरुणा लामाको ‘सबैले भन्थे...