सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ - Naya Online

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १ बट्टा बन्दुकमा प्रयोग हुने बारुद सहित सोही ठाउँ ५२ वर्षीय रण बहादुर गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सागरनाथ जंगलभित्र गोले सहित ५ जना व्यक्तिहरु सिकार गरिरहेको अवस्थामा प्रहरी चौकी फुलजोरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भरुवा बन्दुकबाट फायरिङ गरेपश्चात प्रहरीले समेत जवाफी हवाई फायर गरी उनीहरुमध्ये रणबहादुरलाई उक्त हातहतियार र प्रदेश नम्बर -२-०२-०३२ प २५२२ र बीआर ३० यू ४६७७ नम्बरको मोटरसाइकल र मरेको निल गाई सहित पक्राउ गरेको हो । हाल फरार रहेका अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ । निलगाईलाई सागरनाथ वन परियोजना कार्यालयलाई बुझाइएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-५ जंगलस्थित भित्री सडकबाट १ थान भरुवा बन्दुक, सोमा लाग्ने फलामको बल र २५ ग्राम बारुद जस्तो देखिने कालो धुलो बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट माईस्थानबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथ प्र.२-०२-००२ प ५३५७ नम्बरको स्कुटरका चालकले स्कुटर सहित झोला फाली फरार भएपछि स्कुटर र झोला जाँच गर्दा उक्त हतियार फेला पारी बरामद गरेको हो । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...