मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव - Naya Online

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले हल गर्नेमा प्रश्न उठाएका छन् ।

यादवले फेसबुकमा पोष्ट गर्दै उक्त प्रश्न उठाएका हुन् । प्रश्नमा आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१० +१ ) प्रदेशको स्थापना, समानुपतिक निर्वाचन प्रणाली, शासन–प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा सामुदायिक/जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण, सरकारी कामकाजी भाषामा समान– बहुभाषिक नीति, मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता, दलित, महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यवस्था हुने कि नहुने भनेका छन् ।

त्यसैगरी राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति, वर्ग, वर्ण, लिङ्ग, जात ÷ जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य, नागरिकता समस्याको समाधान, जल, जङ्गल र जमीनमाथिको अधिकार, संविधान संशोधन गरी राष्ट्रिय समस्याहरूको समाधान, मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दाहरूको खारेजी, रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरूको रिहाई आदिबारे पनि प्रश्नचिन्ह खडा गरेका छन् ।

यी मागहरूमा ओलीले कुन–कुन पूरा गरिदिए ? भनेर स्वघोषित मधेसी नेतालाई समेत प्रश्न राखेका छन् । ‘झुटो बोलीले मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् ।’ यादवले चेतावनीसमेत दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...