साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा...’ सार्वजनिक - Naya Online

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।

बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोष्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो । संगीत सागर मगरव्दारा निर्देशित उक्त म्युजिक भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनी मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन बिश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली, गितारमा राहुल बिकले गीतलाई थप कारुणीक बनाएका छन् ।

‘अहिलेको बिषम परिस्थिति र बिश्वभरी आक्रान्तभइ फैलिएको (कोभिड १९) को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरि गीत मार्फत उजागर गरेको छु ।’ गीतकार फुलाराले भने ।

गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ.., कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो..’ जस्ता कारुणीक गीतहरु सार्वजनिक भइसकेका छन् । साहित्यिक फाँटमा उहाँका कृतिहरुः ‘नफापेको मान्छे’ (उपन्यास), पाठकहरुले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ पाठक माझ आइसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

चेतन, मनोहर र बानिकाको सांगीतिक कोसेली ‘हिजो आज’

काठमाडौँ, ३ असार । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको...

कुबेर राई आए आफ्नै गाउँको कथा सुनाउँदै

काठमाडौँ, १ असार । गायक कुबेर राई लामो समयपछि आफ्नै गाउँको गीत लिएर आएका...

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ १२ । कलाकार भीम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो...

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको...

‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक

काठमाडौं, जेठ १० । ‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

सुनभागाकी सुनफूल अब स्वरकी फूल भएर आउँदै

कोरोनाकहरले घरमै रहनुपर्दाको साथी इन्टरनेट बनेकै बेला फेसबुकमार्फत मनु लिम्बूले अरुणा लामाको ‘सबैले भन्थे...