कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु - Naya Online

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...