राप्रपाको महाधिवेशन स्थगित - Naya Online

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ, १ जेठ । कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन स्थगित भएको छ । यहि जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । साथै महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पार्टीले जनाएको छ ।

राप्रपाले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि सरकारसँग माग पनि गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाई भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपाले माग गरेको छ । पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू

एक गुमनाम पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण अर्जुन मादेन लिम्बू ७० वर्षभन्दा लामो...

सात मन्त्रीलाई गैरसांसद भएकोले पदमुक्त

काठमाडौँ, ६ जेठ । ३१ बैशाखमा नियुक्ति भएका सात मन्त्रीलाई सर्वोच्च अदालतले गैरसांसद भन्दै...

रामबहादुर थापा बादल पराजित

काठमाडौँ, ६ जेठ । गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका...

विधिविधानअनुरुप जसपा चल्ने, दुई अध्यक्ष हस्ताक्षरित विज्ञप्ति

काठमाडौँ, ४ बैशाख । विभाजनको हल्ला चलिरहेको जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ...

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ, १ जेठ । कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै राष्ट्रिय...

संसदीय दलको नेता परिवर्तन भएको छैन –जसपा

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठकले विभिन्न सञ्चार माध्यम...

जनता समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति सदस्यको बैठक बोलाएको छ...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...