महामारीको बेला बढि भाडा असुलेर कालाबजारी गर्दै एम्बुलेन्स - Naya Online

महामारीको बेला बढि भाडा असुलेर कालाबजारी गर्दै एम्बुलेन्स

पर्सा, १ जेठ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय वीरबल मुखिया रहेका छन् ।

पर्सा जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स चालकहरूले कोभिड-१९ संक्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले संक्रमित व्यक्ति तथा उक्त संक्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई ना.२ च ३२५६ र ना.३ च ८१९९ नम्बरका २ वटा एम्बुलेन्ससहित पक्राउ गरेको हो । उनीहरु उपर कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सबैमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

याक्थुङ (लिम्बू) र मगर भाषाहरूमा बालसाहित्य अनुवाद प्रारम्भ

काठमाडौँ, ४ असार । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र...

बीस वर्षीया महिलालाई जबरजस्ती करणी

नुवाकोट, ४ असार। बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका-३ स्यान्ताङडाँडा बस्ने...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

अम्बिका चौलागाईंद्वारा वडा जनभवनलाई निशुःल्क जग्गा दान

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पाँचथरको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३...

तुम्बेवा गाउँपालिकाद्धारा किसानलाई निशुल्क फौजी किराको बिषादी बितरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पछिल्लो समय पाँचथरसहित बिभिन्न जिल्लामा फौजी किराको...

तमोर कोरिडोरको नावा खोलामा होम पाइप राखिंदै,

बर्खामा सवारी आवागमनमा सहज हुने अपेक्षा पदम सुखी सम्बाहाम्फे यासोक, ३ असार । पाँचथरको...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

संघीयवादी नेता केरुङ केन्द्रीय सदस्यमा मनोनीत

पाँचथर।  २१ जेठ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित...

खुवालुङबारे १४ जिल्लाका जनजाति महासंघको ध्यानाकर्षण

इटहरी, २१ जेठ । प्रदेश एकभरिका १४ वटै जिल्लाका आदिवासी जनजाति महासंघले आर्थिक वर्ष...