बाजीको दौडान - Naya Online

बाजीको दौडान

इन्दु फोम्बो

म,
भित्रको खेदा?लाई
पढ्न खोज्दा एक्कासी
यात्राहरुमा आफू उभिन्छु

र, त
मेरो जवानीलाइ च्यापेर
छिनभिन्न भएको
ठूलो हलचलमा तारेपू झैँ
कुलिङ्देनलाई उडिदिन्छु

जब द्वन्द्वयुद्धमा
स्वासको तीव्रतासँगै
दौडिन्छु अलिकसिक ‘म’ को खोजीमा ।

आकाशमा
पृथ्वीमा
पतालमा
बाँच्नुको थल्लो खोजिरहेको छु
त्यसैले
प्रत्येक स–समयको निम्ति पनि
खेजेक्वा भै मेरो धरती/र
म बाँचिरहेको युग
जागिदिन्छु
पछारी दिन्छु
बौरिदिन्छु ।

अकस्मात आज
कान्धिपोना भिरेर
तङ्सिङ्मा देखिरहेछु
म हाँसेको आकाश खै ?
म बाँचेको धरती खै ?
अब,
झोक्किएर निस्केको छु डौडानमा ।

खेलमा
कै’ले म पछरिए पनि
कै’ले उ पछारिए पनि
तर, जित्छु
यो बाजी/युद्ध
यात्रामा जीवन उध्याएर निस्किएको छु ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मरेपछि मन

बिदुर भट्टराई त्यो घाम होईन जो फन्को मारेर पुनः झुल्कियोस् कुनै बेला त्यो आँखाको...

अन्यौलता

अल्पभाषी निरु यतिबेला तिमीलाई के भनौँ सरकार, बधाई भनौं या तिम्रो जय हो भनौँ...

नउघ्रेको जूनलाई उघारी हेर्दा

सुरेन्द्र लिम्बू परदेशी कुनै उत्सवको बाटो हो या मृत्युमेलाको बाटो यसै भन्न सकिँदैन ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

मातृभूमि

अर्जुन बानियाँ अगाडि आउँदा मुसुक्क हाँसे झैँ गर्ने बस्न मन नलागी नलागी टुसुक्क बसे...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

गजल

राज हाङ्खिम मिल्ने भए मेरो फेरि निधार बनाउनु छ अनि यो बस्ती दुःख बेच्ने...

एक जुवा घामः प्रगतिवादको प्रतिविम्ब

देवेन्द्र खापुङ सुर्केली सुनिता राई कन्दङ्वासँग एकपटक मात्रै भेट भयो, भेट भयो पनि कसरी...

कथा

फर्किन चाहान्छ्न गाउँ अन्तिम प्राण त्याग्न काराङ्वा उडेको हेर्दै हेर्दै प्रेमको त्यो प्रतीक तिनजुरे...

दिदीभाइको सल्लाह अधुरै रह्यो…..

लास्मित राई शिक्षा एवम् सङ्गीत क्षेत्रमा समर्पित प्रतिभा थिइन् । भारतको पश्चिम बंगालस्थीत दार्जिलिङको...