अवैध हातहतियार तथा सामान सहित चार जना पक्राउ - Naya Online

अवैध हातहतियार तथा सामान सहित चार जना पक्राउ

खोटाङ, २ जेठ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४२ वर्षीय डम्बर बहादुर कार्की, उनकै भाइहरु ३५ वर्षीय द्रोण कुमार कार्की तथा २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बहादुर बिक रहेका छन् ।

उनीहरुमध्ये डम्बर बहादुरको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, ३९ बट्टा सलाई, २५ ग्राम गन्धक, १ किलो ६ सय ८० ग्राम सोडा, भरुवा बन्दुकमा प्रयोग हुने फलामको धातुको छर्रा, सिङ सहितको मृगको टाउको, जंगली जनावर सालकको ४ सय ८० ग्राम खबेटा, द्रोण कुमारको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा, १ किलो २ सय ग्राम सोडा, ४० ग्राम गन्धक, रबिन्द्रको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम फलामको छर्रा र कृष्ण बहादुरको घरबाट बनाउँदै गरेको बन्दुकको १ थान बट, भरुवा बन्दुकको नाल जस्तो देखिने ५ थान फलामको पाईपहरु, भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड, बन्दुक बनाउने फलामको छिनो, रेती समेतका औजार र सामग्रीहरु प्रहरीले बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...