किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान - Naya Online

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान

मनुराज निङ्लेकु लिम्बू

पृष्ठभूमि
संसारै भरिका मानिसहरू बसाइसरी आएर बसोबास गर्ने देश हो अष्ट्रेलिया । नेपालीहरूको बसोबासको सुरुवात सन १९६० को दशकबाट भएको पाईन्छ । लिम्बू याक्थुङ जातिको अष्ट्रेलियामा पहिलो आगमन भने सन १९९० मा भएको थियो । स्थायी घर खाम्लालुङ, तेह्रथुम भएका लोकमान इस्बो लिम्बू अष्ट्रेलियामा बसोबास गर्ने पहिलो लिम्बू हुनुहुन्छ । उहा भुतपूर्व ब्रिटिश आर्मी हुनुहुन्छ । त्यसपछि क्रमिक रूपमा अलिअलि गर्दै लिम्बूहरूको बसोबास बढ्दै गएको पाईन्छ । सन २००० तिर लिम्बूहरूको केही बाक्लो प्रवेस पाईन्छ भने सन् २००७–२००९ मा भने लिम्बू प्रवेस निक्कै बाक्लो रहेको पाईन्छ । पछि सन् २०१५ यता लिम्बूहरूको प्रवेस धेरै नै बाक्लो हुँदै आएको छ । बसोबासको हिसाबले हेर्ने हो भने धेरै सङ्ख्यामा लिम्बूहरू सिड्नी बसोबास गर्दछन् । त्यसपछि मेलबर्न, अडिलेड, पर्थ, ब्रिस्बेन, तास्मानिया, डार्बिनतिर पनि लिम्बूहरूको बसोबास पाईन्छ । अहिलेसम्म लिम्बूहरूको बसोबास के कति सङ्ख्यामा कहाँ–कहाँ रहेको छ भनेर एकिन तथ्याङ्क भने छैन । यद्यपि अष्ट्रेलियाभरी जम्मा लिम्बूहरूको सङ्ख्या ५००–७०० जना हुनसक्ने अनुमान भने गर्न सकिन्छ ।

अष्ट्रेलियामा लिम्बूहरूको विविध गतिविधिको सुरुवात
सन् २००० यता लिम्बूहरूको जन्सन्ख्या बढ्दै जान थालेपछि लिम्बू अगुवाहरूले लिम्बू कला सस्कृतिको लागि केही गर्नु पर्छ भन्ने सोच पलाएको पाईन्छ । चित्र तुम्बाहाङ्फे, शशी सुब्बा, बिष्णु फोम्बो, जितमान लिम्बू, गजबहादुर लिम्बू, लोकमान लिम्बू, भुमा लिम्बू, भिम लिम्बू, पबि लिम्बू, सुनिता लिम्बू, दिपा लिम्बू, वृखबहादुर लिम्बू, मेनुका लिम्बू, हसन लिम्बू, मानबहादुर लिम्बू आदि ब्यक्तिहरूको सकृयतामा सन २००४ देखि भने चासोक तङ्नाम र यक्वा तङ्नाम स्टिल पार्क सिड्नीमा मनाउन सुरु गरिएको थियो । त्यसताका यता लगातार रूपमा यी पर्वहरू बिभिन्न स्थानमा गर्दै निरन्तरता दिइँदै आइएको छ । लिम्बू समुदायमा भएको शुभकार्यहरूमा च्याब्रुङ नाच्ने, पालम, ख्याली गाउने कार्यक्रम निरन्तर हुँदै आएको छ ।

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको गठन
अष्ट्रेलियामा लिम्बूहरूको जनसङ्ख्या बढ्दै गएसँगै लिम्बू कला संस्कृति र परम्पराको संम्रक्षण र सम्बद्र्धन गर्नको लागि किरात याक्थुङ चुम्लुङ अष्ट्रेलिया गठन गर्न पर्छ भन्ने कुरा चित्र तुम्बाहाङ्फे, शशी सुब्बा, बिष्णु फोम्बो, जितमान लिम्बू, हसन लिम्बू, गजबहादुर लिम्बू आदि भेटघाट हुँदा पहिलेदेखि नै हुने गर्दथ्यो । पछि सन् २०१०–११मा भवानी बराल अष्ट्रेलिया आएको बेला चित्र तुम्बाहाङ्फेले आफ्नो निवास, टेम्पेमा भेटघाट कार्यक्रम राख्नुभएको थियो । उक्त भेटघाट कार्यक्रममा गफागफमा भवानी बरालले लिम्बूहरू यति धेरै हुनुहुदो रैछ ढिलो हुनुभएन यहाँ पनि चुम्लुङ गठन गरी हाल्नुहोस् भनी सल्लाह सुझाव दिनु भएको थियो र त्यस लगत्तै केहिदिन पछि बिष्णु फोम्बोको संयोजकत्वमा एक टिमको तदर्थ समिति गठन भएको थियो । कियाचु अष्ट्रेलिया, अष्ट्रेलियाको एनएसडबल्यु प्रान्तको फेयर ट्रेडिङमा भने विधिवत रूपमा सन् २०१७ मा दर्ता भएको हो ।

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको उद्देस्यः
यससंस्था ले निम्न उद्देस्यहरू राखेको छ ।

  • लिम्बू जातिको आफ्नो भाषा, धर्म, लिपी, इतिहास, संस्कृति आदि सम्बन्धी कार्यक्रम, योजना,
  • परियोजनाआदि सञ्चालन गर्ने ।
  • अन्य जाती तथा सम्प्रदाय सग मैत्रिपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने ।
  • कियाचु अष्ट्रेलियाले कियाचु केन्द्रीय कार्य समिति नेपालसँग समन्यव गरी लिम्बू जातिको शैक्षिक
  • स्तरलाई अभिवृद्धि गर्नको लागि सहयोग सद्भावको वातावरण सिर्जना गर्ने ।
  • लिम्बू समुदायमा भइपरी आउने आकस्मिक घटनाहरूमा पारस्परिक सहयोगको भावनाको विकास गर्ने ।
  • लिम्बू जातिको उत्थान एवं ससक्तिकरणको लागि कार्य गर्ने ।
  • लिम्बू समुदायबाट अष्ट्रेलिया अध्ययन गर्नको लागि आएका विद्यार्थीहरूलाई स्थापित हुनको लागि आवश्यक सहयोग गर्ने ।
  • भविष्यमा लिम्बू जातिको लागि अष्ट्रेलियामा समुदायिक भवन निर्माण गर्ने आदि ।

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको हालसम्मको नेतृत्व
सन् २०११ बाट सन २०१४ सम्मको कार्य समितिको नामावली यस प्रकार रहेको छः
संयोजकः बिष्णु फोम्बो
सदस्यः शसी सुब्बा
सदस्यः चित्र ब तुम्बाहाङ्फे

सदस्यः जित मान लिम्बू
सदस्यः गज ब लिम्बू
सदस्यः हसन लिम्बू
सदस्यः भिम लिम्बू
सदस्यः सचिन्द्र लिम्बू
सदस्यः नरेश लिम्बू
सदस्यः मेनुका लिम्बू
सदस्यः प्रतिमा इजम
सदस्यः घनेन्द्र फ्याक

सन २०१४ बाट सन् २०१७ सम्मको कार्य समितिको नामावली एस प्रकार रहेको छ ।
अध्यक्ष्यः बिष्णु फोम्बो
उपाध्यक्ष्यः शसी सुब्बा
महासचिबः चित्र ब तुम्बाहाङ्फे
सचिबः घनेन्द्र फ्याक
कोषाध्यक्षः नरेश एभेङ
संस्कृति विभाग प्रमुखः गज ब लिम्बू
संस्कृति विभाग उपप्रमुखः मेनुका लिम्बू
प्रचार प्रसार विभाग प्रमुखः मनुराज निङ्लेकु लिम्बू
सदस्यः जित मान लिम्बू
सदयः हेम चन्द्र लिम्बू
सदयः नरवीर नेम्बाङ
सदस्यः भिम लिम्बू
सदस्यः बिद्या लिम्बू

२०१७–२०१९ को लागि शशी सुब्बाको अध्यक्ष्यतामा २४ सदसिय समिति गठन भएको छ ।
किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको कार्य समिति यसप्रकार छः

अध्यक्ष्यः श्री शशी सुब्बा
उपाध्यक्ष्यः श्री गज बहादुर लिम्बू
उपाध्यक्ष्यः श्री जित मान लिम्बू
महासचिबः श्री चित्र ब तुम्बाहाङ्फे
सचिबः मनुराज निङ्लेकु लिम्बू
कोषाध्यक्षः श्री मोनी लिम्बू
सहकोषाध्यक्षः सुस्मा सुब्बा
आइटी विभाग प्रमुखः भिम लिम्बू
सामाजिक सचिबः सुबाश निङ्लेकु
कल्चरल सचिबः प्रतिमा इजम
सहायक कल्चरल सचिबः कुन्ती लिम्बू
विद्यार्थी विभाग सचिबः इच्छा सुब्बा
सहायक विद्यार्थी विभाग सचिबः हाङ्मा लाओती
सामाजिक सन्जाल सचिबः टेक किरात
सदस्यः झरेन्द्र लिम्बू
“ लोकेन्द्र इङ्नाम
“ धन थेबे
“ भिम राज लिम्बू
“ हेम चन्द्र लिम्बू
“ डिना नेम्बाङ
“ देनुका लिम्बू
“ अनिता फोम्बो
“ कबिता मास्वा
” लक्ष्मी आङ्बुहाङ
कार्यवाहक सामाजिक सन्जाल सचिबः शुरेश तावा ( मनोनित )
कार्यवाहक कल्चरल सचिबः राम सम्बाहाङ्फे ( मनोनित )
कार्यवाहक आईटी सचिबः बिनोद स्रेङ ( मनोनित )
सस्थापक अध्यक्ष्य तथा संरक्षक सदस्यस्( बिष्णु फोम्बो
पब्लिक अफिसरः नर वीर नेम्बाङ
सल्लाहकार सदस्यः
लोकमान लिम्बू
मान ब लिम्बू
नरेन्द्र लिम्बू
वृख ब लिम्बू
नरवीर नेम्बाङ
भुमा लिम्बू
घनेन्द्र फ्याक
बिष्णु लिम्बू

सन २०१९–२०२१ को लागि जुलाई २८ मा भएको अधिबेसनबाट पुनः शशी सुब्बाको अध्यक्षतामा निर्वाचित समिति यसप्रकार रहेको छः
अध्यक्षः शशि शुब्बा
उपाध्यक्ष्यः चित्र बहादुर तुम्बाहाङ्फे
“  शुरेस तावा
“ बिनोद चोङबाङ
महासचिवः मनुराज निङ्लेकु लिम्बू
सचिबः राम सम्बाहाम्फे
कोषअध्यक्षः शुष्मा शुब्बा
सहकोषाध्यक्षः धन थेबे
सदस्यः लोकेन्द्र इङ्नाम
सदस्यः सिता साँवा
सदस्यः मुन्नि नेम्बाङ
सदस्यः प्रतिमा इजम
सदस्यः सीता चेमजोङ (कल्चरल सचिव)
सदस्यः झरेन्द्र यकपाङदेन
सदस्यः सुबास निङ्लेकु
सदस्यः सुमिहाङमा लावती
सदस्यः मुना सम्यो (सहायक कल्चरल सचिव)
पुजा योङहाङ (विद्यार्थी विभाग प्रमुख )
हेमचन्द्र लिम्बू
भगत लुम्फुङ्वा
अनिता फम्बो
लक्ष्मि आङबुहाङ

सस्थापक अध्यक्ष तथा संरक्षक सदस्यः बिष्णु फोम्बो
पब्लिक अफिसरः नरवीर नेम्बाङ

सल्लाहकार सदस्यः
लोम मान लिम्बू
मान ब लिम्बू
नरेन्द्र लिम्बू
वृख ब लिम्बू
नरवीर नेम्बाङ
भुमा लिम्बू
घनेन्द्र फ्याक
बिष्णु लिम्बू

मुख्यतः किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाले निम्न विषयहरूमा केन्द्रित रहेर आफ्नो गतिबिधिहरू गर्दै आएको छः

  • लिम्बू कला संस्कृति प्रबर्दन सम्बन्धि कार्यहरू गर्ने
  • सम्मान रसत्कार तथा बिदाइ कार्यक्रम गर्ने
  • आर्थिक सहयोग गर्ने
  • अष्ट्रेलिया मा आयोजित बिभिन्न चाडपर्वहरू तथा कार्यक्रमहरूमा प्रत्यक्ष संलग्नता तथा प्रतिनिधित्व गर्ने
  • कला संस्कृति तथा खेलकुद कार्यक्रम गर्ने
  • स्थायी कोष निर्माणमा जोड दिने
  • लिम्बू जातिमाथि गरिएका अपहेलना माथि आवाज उठाउने
  • अष्ट्रेलियामा रहने लिम्बूहरूको भेटघाटको निम्ति मन्च निर्माण गर्ने

निस्कर्षः किरात याक्थुङ चुम्लुङ अष्ट्रेलिया, अष्ट्रेलियामा रहने लिम्बूहरूको साझा जातीय संस्था हो । कियाचु अष्ट्रेलियाले आफ्नो उद्देस्य अनुरूप काम गरिराखेको भएपनि अझैसम्म समग्र अष्ट्रेलियाका लिम्बूहरूलाई समेट्न नसकी एनएसडब्ल्युमा मात्र अहिलेसम्म सिमित रहेको छ । मेम्बरसिपमा आधारित संस्था भए पनि त्यस्लाई हुबहु कार्यन्ययन गर्न सकेको छैन । अष्ट्रेलिया अत्यन्त ब्यस्त ठाउँ भएको हुँदा कामको विशेष ध्यान दिनुपर्ने हुँदा साथै संस्थामा काम गर्नु भनेको स्वयमसेवकको रूपमा हुने भएको हुँदा पर्याप्त समय अभावको कारण त्यति काममा प्रभावकारिता देखिँदैन । यद्यपि, कियाचु अष्ट्रेलिया आफ्नो उदेस्यबमोजिम गतिविधिहरूमा सकृय रहेको तथा सफल रहेको मान्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

अभिव्यक्ति शृङ्खलामा मल्लको प्रस्तुति

काठमाडौँ, ३१ जेठ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

एनआरएन मलेसियामा सुन्दर आले अध्यक्षमा पुनःदाबेदार

क्वालालम्पुर, ११ जुन । गैरआवासी नेपाली संस्था (एनआरएन), मलेसियाको आगामी हुने सम्मेलनमा सुन्दर आलेले...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान

मनुराज निङ्लेकु लिम्बू पृष्ठभूमि संसारै भरिका मानिसहरू बसाइसरी आएर बसोबास गर्ने देश हो अष्ट्रेलिया...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

फिप्नाको सांस्कृतिक विभागले सम्झियो प्रेमध्वज प्रधानलाई

न्यूयोर्क, १७ मे । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को सांस्कृतिक विभागले वरिष्ठ गायक...

अमेरिकाको कारखानामा कामगर्दा

विरही काइँला अमेरिकामा काम गर्न सहज छ, तर घरमा बस्नु चाहिँ गाह्रो हुन्छ ।...