एउटा फोटो पत्रकारको क्यामेरामा कैद भएपछि कायापलट - Naya Online

एउटा फोटो पत्रकारको क्यामेरामा कैद भएपछि कायापलट

कतिपय मानिसहरूको जिन्दगी सोच्न नसक्ने तरिकाले कायापलट हुन्छ । यसरी सफलता पाउनुमा कतिको आफ्नै संघर्ष जोडिएको हुन्छ भने कतिपयलाई भाग्यले साथ दिएको हुन्छ । यस्तै एक किशोरीको जीवन कायापलट भएको कथा हो रिटा गाभिओलाको । चार वर्षअघि सम्म पनि रिटा गाभिओला सडकमा माग्दै हिड्थिन् ।

फिलिपिन्सकी उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रूपमा आबद्ध भएकी छिन् । यसका साथै उनी एक चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । उनको इन्स्टाग्राममा लाखौ फलोअर्स पनि छन् । धेरैले उनको तस्बिरहरू मन पराएका छन् । उनको यो सफलतामा एउटा तस्बिरकाको ठूलो भुमिका रहेको छ ।

जसले जिन्दगी कायापलट पारिदियो । रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । त्यो समय सम्म उक्त घरको कोही पनि बच्चा स्कूल गएका थिएनन् ।

उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरूसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् । त्यतिबेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका फोटोग्राफर तोफरले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

सोही क्यामराको एउटा क्लिक अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो १३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । त्यसपछी उनको चर्चा संसारभर चुलियो । अहिले पनि उनको फोटो भिडियो सडकमा माग्दै हिडेको फोटो संग तुलना गर्दै भाईरल भैरहन्छ । अहिले उनको आफ्नै गाडी छ बङ्गला छ ।

उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रूपमा आबद्ध भएकी छिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरूसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

एउटा फोटो पत्रकारको क्यामेरामा कैद भएपछि कायापलट

कतिपय मानिसहरूको जिन्दगी सोच्न नसक्ने तरिकाले कायापलट हुन्छ । यसरी सफलता पाउनुमा कतिको आफ्नै...

सय सुन्दरीमध्ये ५४औंमा परेकी जसिता

चलचित्र लिलिबिलिबाट डेब्यु गरेकी जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं...

के गर्दैछिन ‘सल्लाघारी’मा फरिता ?

काठमाडौं २२ फागुन । जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली...

करिना कक्षपति क्यारेङग्याङ –३ मा

करिना कक्षपतिले चलचित्र क्यारेङग्याङ –३ मा अभिनय गर्ने भएकी छिन् । करिनाले सन् २०१६...

‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई

वि.सं. २०४९ चैतमा भारतको मेघालय सिलोङ्गमा समराज राई र हर्कमाया राईबाट जन्मिएका हुन् रविन...

हाक्पारे ख्यालीबाट उदाएकी सोनु थोक्लिहाङ

यसै महिना गायक कुशल थलङद्वारा स्वरवद्ध ‘हाक्पारे ख्याली’ गीत भिडियोसहित सार्वजनिक भयो र उक्त...

बोल्ड सुन्दरी सुस्मा अधिकारी

काठमाडौं, १ पुस । ३५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी सुस्मा अधिकारी बोल्ड...

नायिका रेखा फागो रियलस्टेट कम्पनीको ब्राण्ड एम्बेसडर

धरान, २८ मंसिर । नेपालको पूर्वी क्षेत्रलाई आधार बनाएर काम गर्नेगरि हालै स्थापना भएको...

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...