नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण - Naya Online

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवं संस्थाको सल्लाहकार लवकुमार भट्टको अगुवाईमा नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरूलाई सहयोग गरेको हो ।

समाजले काठमाडौँदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौँदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रूपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो ।

गोरखा नारेश्वरको शान युवा जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने’ भन्दै समाजले आफ्नै गाउँछिमेकमा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग प्रदान गरेको हो ।

गोरखा नगरपालिका ३ वडा कार्यालय नारेश्वरका अध्यक्ष राम बहादुर बोगटी र स्थानीय जनप्रतिनिधिको सिफारिसमा गाउँमा रहेका असक्त, एकल महिला, गरीब बृद्धबृद्धा र बालबालिकाहरूलाई सहयोग प्रदान गरिएको थियो ।

नारेश्वरका युवाहरूको अभियान अन्तर्गत गाउँबाट नै यो अभियानको सुरुवात भएको अभियानका संयोजक सुवास थापाले बताए । कार्यक्रममा गोनपा ३ नंं वडा अध्यक्ष राम बहादुर बोगटीले नारेश्वरका युवा समाजका युवाहरूको सहयोग अतुलनीय रहेको भन्दै समाजले प्रदान गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । बोगटीले गाउँका गरीबहरूको छाक टार्न केही सहयोग मिलेको र कोरोनाबाट पीडितहरूलाई स्वास्थ्य सामग्रीले राहत मिल्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी नारेश्वर हेल्थ पोस्ट प्रमुख अमृता श्रेष्ठले समाजले गरेको सहयोग कोरोना पीडितका लागि समान तरिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा २३ थान अक्सोमिटर, २३ थान थर्मोमिटर, १८० लिटर सेनिटाइजर, १४ हजार थान मास्क, १० थान पिपिइ, भिटामिन सी, जिंक कोभिड, डक्ससाइट क्लिन ३०० जनालाई पुग्ने स्वास्थ्य सामग्री वितरण गरिएको थियोे ।

घलाङ शहरी स्वस्थ्य केन्द्र र नारेश्वर स्वास्थ्य चौकी लगायत प्रत्येक टोलमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...