कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि - Naya Online

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे
पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आईतबार २१ जनामा एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणमा थप ४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै शनिबार कुम्मायक २ माङजाबुङमा १५ जनामा गरिएको परिक्षणमा २ जनामा संक्रमण देखिएको थियो । यसअघि कुम्मायक १ (साविक यासोक १) सिम्ले गाउँमा र गाउँपालिकाका कर्मचारीमा गरि १४ जनामा गरेको एन्टिजेन परिक्षणमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कुम्मायक गाउँपालिकामा कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ ।

यसैबिच गाउँपालिकाभित्र कोरोना संक्रमण दर बढेपछि गाउँपालिकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ्गले बताउनु भयो । गाउँपालिकाको कार्यालयबाट दिइने सेवा पनि शुक्रबारदेखि अत्यावासेक कामबाहेक अन्य सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...