सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो...” गजल सार्वजनिक - Naya Online

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई
नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो….” बोलको गजल (गीत) हालसालै सार्वजनिक भएको छ ।

गत आइतबार बेलुकी मिङ्जिफुङ प्रिजेन्टसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वर रहेको छ । यसैगरि सो गीतलाई गाउँमा बसेर लामो समयदेखी कविता तथा गजल लेखनमा साधना गरिरहेका सन्देश तुम्बापोले सिर्जना गरेका हुन् । यस्तै गीतमा सङ्गीत भने सङ्गीतकार डि. आर. अटुले भरेका छन् । यस्तै गीतको भिडियो संयोजन भने निर्देशक एवं क्यामेरा मेन राजेश किराती लिम्बुले गरेका छन् ।

गीतमा मानिसले भोग्नु परेको कठिनाई, तथा ग्रामीण जनजीवनको कथा व्यथालाई उतार्न खोजिएको छ । यस गीतमा राजु कार्कीको रहेको छ । गीतका गीतकार तुम्बापो मोरङको लेटाङमा बसेर निरन्तर सिर्जना गरिरहने गर्छन् । कविता तथा गजलहरू प्रशस्तै प्रकाशित भएका छन् । उनको “अतीतका शब्दहरू” गजल सङ्ग्रहसमेत प्रकाशन भैसकेको छ ।

आफ्नो गीतको बारेमा नयाँ अनलाइनसङ्गको कुराकानीमा तुम्बापोले यो आफ्नो सिर्जना श्रोतामाझ पस्किसकेको हुनाले सबैमा उचित सल्लाह सुझाव दिन आग्रह गरे । उनले यहाँहरूको सल्लाह सुझाव आगामी दिनको आफ्नो निम्ति सफलताको कडी रहेको समेत बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

चेतन, मनोहर र बानिकाको सांगीतिक कोसेली ‘हिजो आज’

काठमाडौँ, ३ असार । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको...

कुबेर राई आए आफ्नै गाउँको कथा सुनाउँदै

काठमाडौँ, १ असार । गायक कुबेर राई लामो समयपछि आफ्नै गाउँको गीत लिएर आएका...

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ १२ । कलाकार भीम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो...

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको...

‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक

काठमाडौं, जेठ १० । ‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

सुनभागाकी सुनफूल अब स्वरकी फूल भएर आउँदै

कोरोनाकहरले घरमै रहनुपर्दाको साथी इन्टरनेट बनेकै बेला फेसबुकमार्फत मनु लिम्बूले अरुणा लामाको ‘सबैले भन्थे...