नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित - Naya Online

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।

खेलमा नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका छन् । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारेका हुन् ।

समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि बुधबारको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज...

नेपाल सुपर लिगको उपाधि काठमाडौँ रेजर्स एफसीलाई

काठमाडौँ, १ जेठ । काठमाडौँ रेजर्स एफसीले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर...

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...