अमेरिकाले कोरोना खोप दिने, प्रधानमन्त्रीद्वारा उक्त निर्णयको स्वागत - Naya Online

अमेरिकाले कोरोना खोप दिने, प्रधानमन्त्रीद्वारा उक्त निर्णयको स्वागत

काठमाडौँ, २१ जेठ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘विश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।

कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।

खोप उपलब्ध गराउने अमेरिकी निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘यसले नेपाल र अमेरिकाको मित्रताको मजबुतिलाई पुष्टि गर्छ ।’

Photo: Google

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...