चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै - Naya Online

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं !” नारासहित ‘प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता – २०२१’ हुने भएको छ । धरानमा रहेको चौबिसे सङ्यक ढाका उद्योगले कार्यक्रम आयोजना गर्न लागेको हो ।

विश्वव्यापी कोरोना महामारीका कारण मुलुकभर लकडाउन रहेको विद्यमान अवस्थालाई सकारात्मक रूपले सदुपयोग गर्दै प्रतियोगिता गर्न लागेको उद्योगकी सञ्चालिका यमुना तुम्सा सङ्यकले बताएकी छन् । देश र विदेशमा रहेका आम मौलिक सांस्कृतिक पोशाकलाई माया गर्नेहरूले उक्त प्रतियोगितामा सहभागी हुन पनि पनि सङ्यकले अनुरोध गरेकी छिन् ।

प्रतियोगितामा सामेल हुन चाहनेले फोटोमा अनिवार्य ढाका पोसाक लगाएको हुनु पर्ने, प्रतियोगितामा जुनसुकै उमेर समूह र समुदायका व्यक्तिले सहभागिता जनाउन सक्ने, सहभागीको फोटो प्राप्त भैसकेपछि छनौटमा परेका फोटोहरू क्रमशः Chaubise Sanyak Dhaka Udyog पेजमा अपलोड गरिनेछ र सहभागीलाई जानकारी गराईने, प्रतियोगितामा जुनसुकै देशमा रहेकाहरूले सहभागिता जनाउन सक्ने, सहभागीले फोटो पठाउदा अनिवार्य नाम, देश फोन नम्बर र ठेगाना स्पष्ट लेख्नु पर्ने, पहिलो, दोस्रो र तेस्रो स्थानको लागि अपलोड गरिएका फोटोहरूमा प्राप्त Like र Share को आधारमा विजेता छानिने, फोटो पोस्ट गरिएको मितिले सातदिन भित्र Like र Share गरिएकोलाई मात्र मान्यता दिने, फोटोमा भोट दिँदा अनिवार्य Chaubise Sanyak Dhaka Udyog पेजलाई पनि ीLike र Share गरिएको हुनु पर्ने नियमहरू राखिएका छन् ।

त्यसैगरी पेजलाई लाइक नभएको अवस्थामा मत नगनिने, सहभागीले आफ्नो फोटो जुनै पनि Page वा Group हरूमा Share गरेर लाइक कमेन्ट माग्न सकने तर Auto Like App प्रयोग गरेर गरिएको Like लाई मान्यता नदिइने तथा प्रतियोगिताबाट निकालिने पनि जनाएको छ ।

फोटो असार १५ गते नेपालको समयअनुसार मध्यरात ११ः५९ सम्ममा पठाईसक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नतिजा २०७८ साउन १ गते (सिसेक्पा तङ्नाम)का दिन सार्वजनिक गरिने र प्रतियोगितासम्बन्धि कुनै पनि विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार बराबरको ढाका पोसाक र प्रमाणपत्र प्रदान हुनेछ । त्यसैगरी द्वितीय पुरस्कार रूपैयाँ २० हजार बराबरको ढाका पोसाक र प्रमाणपत्र र तृतीय पुरस्कार रूपैयाँ १५ हजार बराबरको ढाका पोसाक र प्रमाणपत्र हुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

चेतन, मनोहर र बानिकाको सांगीतिक कोसेली ‘हिजो आज’

काठमाडौँ, ३ असार । गीतकार चेतन खतिवडाको शब्दमा रहेको गीत ‘हिजो आज’ सार्वजनिक भएको...

कुबेर राई आए आफ्नै गाउँको कथा सुनाउँदै

काठमाडौँ, १ असार । गायक कुबेर राई लामो समयपछि आफ्नै गाउँको गीत लिएर आएका...

चौबिसे सङ्यक ढाका उद्योगले ‘ढाका फोटो प्रतियोगिता’ गर्दै

धरान, २१ जेठ । “पहिचान र संस्कृतिलाई जोगाऔं, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौं...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ १२ । कलाकार भीम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो...

सन्देश तुम्बापो लिम्बुको “डाँडामाथिको जुन भैयो…” गजल सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा सुनसरी, १० जेठ । कवि तथा गजलकार सन्देश तुम्बापो लिम्बुको...

‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक

काठमाडौं, जेठ १० । ‘व्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

सुनभागाकी सुनफूल अब स्वरकी फूल भएर आउँदै

कोरोनाकहरले घरमै रहनुपर्दाको साथी इन्टरनेट बनेकै बेला फेसबुकमार्फत मनु लिम्बूले अरुणा लामाको ‘सबैले भन्थे...