राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू - Naya Online

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’

नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने ताप्लेजुङ जिल्लाको पाथीभरा देवी ! जुन कि, आदि अनादि कालदेखिका त्यही क्षेत्रमा उत्पत्ति भएका वा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिका ईष्ट–देवी र धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा÷माङ) लाई जहिले, जसरी, जुन उद्देश्यले हिन्दुकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामांकरण गरेको भए तापनि अब पुनः लिम्बु भाषामा रहेको मुक्कुमलुङ (युमा/माङ) नामलाई नै पुनः स्थापित गर्नुपर्छ, नयाँ नाम राख्नु पर्छ भनेर सो क्षेत्रमा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिहरूका थरगत संस्था (सयङ) हरू मिलेर विसं २०७७ असारदेखि संगठित रूपमा विभिन्न चरणमा विभिन्न खालका संघर्ष र आन्दोलन गर्दै आएको छ । तापनि सरकारले लिम्बु जातिको सो माग अर्थात् पाथीभरा देवीको नाम फेरेर पुनः लिम्बु भाषामा ‘मुक्कुमलुङ (युमा/माङ) नाम’लाई नै स्थापित गर्नु पर्ने मागलाई किनारा लगाउन सकेको छैन वा चाहेकै छैन !? …

त्यसो हुनुमा हाम्रा भनिएका मान्छेहरू (विभिन्न राजनैतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरू) जस्तै लिम्बु जातिकै सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ सरकार पक्षीय एमालेका संसदीय दलका उपनेता छन् ।) तर, गाँठी कुरो के हो भने, सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका नेताहरू पनि नेपालका ठूला भनिएका राजनैतिक दल र ती दलमा रहेका प्रभावशाली नेता भनिनेहरूका ‘करिया’, ‘कमारो बुद्घि भएका’ मालिकले अह्राए÷खटाएको काम मात्रै खुरु–खुरु गर्ने नोकर, ‘झोलेपोके’ र ‘लगाम लगाएको घोडा’ खालका मात्रै भएकोले गर्दा नेपालको सम्पूर्ण जनसंख्याको लगभग ३८÷४० प्रतिशत जनसंख्या भए तापनि नेपालका आदिवासी जनजातिहरूले हालसम्म कागजमा बाहेक काम र व्यवहारमा केही प्राप्त गर्न सकेको देखिँदैन । देशमा धर्म निरपेक्षता लागू भएको १४/१५ वर्ष (अन्तरिम संविधान–२०६३ जार भएको मितिदेखि हालसम्म ।) भई सक्दा पनि उल्टै अभैm हिन्दुहरूको ‘माता–लक्ष्मी गाई !’ र ‘पिता गोरु !’ काटेको/मारेको आरोपमा १०/१२, १५/२०, २५/३०, ४०/४५ हजारदेखि ५०/६० हजारसम्म नगद जरिवाना र २/३ वर्षसम्म जेल (पैmसला गर्ने न्यायाधीश–श्रीमानको तजबिजमा भरपर्ने गरेको छ) परी रहेकै छन् ।

राज्यपक्षबाट यस्तो काम कारबाही तबसम्म रही रहने छ, जबसम्म हाम्रा भनिएका मान्छेहरू, विभिन्न राजनैतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरू छन्, जस्तै लिम्बु जातिकै सुवास नेम्बाङ, उनी सरकार पक्षीय एमालेका संसदीय दलका उपनेता छन् । त्यस्तै डाक्टर विजय सुब्बा, डाक्टर शिवमाया तुम्बाहाङ्फे, नरेन्द्रविक्रम नेम्बाङ, वसन्तकुमार नेम्बाङ, कुलबहादुर (केबी) गुरुङ, इन्द्रबहादुर (आईबी, उनी राजनीतिबाटै हराए !) गुरुङ, डाक्टर जगमान गुरुङ, परशुराम मेघीगुरुङ, पृथ्वी (पिएस) सुब्बा गुरुङ, किरण गुरुङ, धनराज गुरुङ, रामबहादुर थापा ‘बादल’ (भर्खरै पूर्व गृहमन्त्री भएका), रामबहादुर थापा ‘हुस्सु’ उनी आदिवासी जनजाति महासंघमा महासचिव हुनुअघिसम्म अध्यक्षमा भन्दा महासचिवमा पावर बढी थियो । स्मरणीय छ, उनकै पालामा अध्यक्षमा पावर जाँदा पनि थाहा–पत्तो नपाएको हुनाले ‘हुस्सु !’ उपमा पाएका थिए, त्यो वेला भने हाल आदिवासी जनजाति आयोगका अध्यक्ष भएका छन् । रामबहादुर थापा ‘कुहिरो’ (अल्कोनका अध्यक्ष), वर्षामान पुन ‘अनन्त’, नन्दबहादुर पुन ‘पासाङ’, शेरधन राई, राजेन्द्र राई पासाङ शेर्पा महासंघका पूर्व अध्यक्ष, ओनसरी घर्ती लगायत आउरेबाउरे र हनुमानहरू रहेसम्म प्रभावशाली नेता भनिनेहरूका ‘करिया’, ‘कमारो बुद्घि भएका’ मालिकले अह्राए÷खटाएको काम मात्रै खुरु–खुरु गर्ने नोकर, ‘झोलेपोके’ र ‘लगाम घोडा’ खालका मात्रै रहेसम्म रही रहने छ । जबकि नेपालको सम्पूर्ण जनसंख्याको लगभग ३८÷४० प्रतिशत जनसंख्या आदिवासी जनजातिहरूको रहेको छ । त्यसो भए तापनि नेपालका आदिवासी जनजातिहरूले कागजमा बाहेक काम र व्यवहारमा हालसम्म केही प्राप्त गर्न सकेको देखिँदैन, धार्मिक हक, अन्य मौलिक हक आदिको त कुरै नगरौं ।

त्यसैले त देशका शासक जात, वर्ग वा समूहका मान्छेहरू ‘नंगा–नाच !’ नाच्छन् । त्यसको पछिल्लो उदाहरण हो ‘–ताप्लिोजोङ÷ताप्लेजुङ’ जिल्लामा रहेको सुकेटार विमानस्थको नाम फेरेर (जो लिम्बु भाषामा रहेको ‘सुः रित तेल्लोक’बाट अपभ्रंश हुँदै ‘सुकेटार’ भएको हो) सो विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी’ र तेह्रथुम जिल्लाको पूर्व–दक्षिण क्षेत्रको आठराई ! क्षेत्रको चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम ‘आङछिरिङ शेर्पा’ राख्ने निर्णय । राज्यपक्षले त्यसै आँट गरेको छैन । हामी आदिवासी जनजाति भन्नेहरूको पाईन देखेरै ! आँट गरेका छन् । माथि उदाहण दिएका नामहरू फेरि पनि दोहोर्याएर लेख्नु पर्दा सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ जो सरकार पक्षीय एमालेका संसदीय दलका उप नेतासमेत छन् । त्यस्तै सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका नेताहरू पनि नेपालका ठूला भनिएका राजनैतिक दल र ती दलमा रहेका प्रभावशाली नेता भनिने हरूका ‘करिया’, ‘कमारो बुद्घि भएका’ मालिकले अह्राए÷खटाएको काम मात्रै खुरु–खुरु गर्ने नोकर, ‘झोलेपोके’ र ‘लगाम लगाएको घोडा’ खालका मात्रै भएसम्म वा रहेसम्म त्यसै गरीरहने छन् ।

तर, ‘–ताप्लिोजोङ/ताप्लेजुङ’ जिल्लामा वा क्षेत्रमा मात्रै होइन पूरै पूर्वी भेग लिम्बुवान क्षेत्रक ठूला–बडा र जान्ने–सुन्ने हौं भन्नेहरू मात्रै होइन ती क्षेत्रका स–साना नानी–बाबुहरूले पनि ती दुई जना (‘रवीन्द्र अधिकारी’ र ‘आछिरिङ शेर्पा’) को हुन् ? उनीहरूले उक्त क्षेत्रमा के–के योगदान गरे जो कोहीले जवाफ दिदन वा भन्न सक्छन् ।

हुन त एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीब्ररूपले चलिरहेको छ भने स्थान नामहरूमा पनि यो कुरा लागू भएको पाइन्छ । राज्य र राज्य पक्षका मान्छेहरूले मुक्कुमलुङ (युमा÷माङ) को नाम फेरेर पाथीभरा देबी बनाउने कुरोमा मात्रै सीमित रहेको छैन, नेपालका अधिकांश स्थानहरूको स्थानीय नामहरू पनि खस÷नेपाल भाषा र अन्य बाह््य भाषाका नामहरूले द्रुत गतिमा अतिक्रमण गरेको देखिन्छ । यसरी आदि अनादि कालदेखि रहेका स्थानीय गाउँ, ठाउँ र स्थान नामहरू ऋतिक्रमित हुने क्रममा विषेशतः हिन्दु देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नाम लगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरी रहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरू भने, आप्mनो मौलिक नामबाट, ऐकार, ऊकार, एकार, एकार आदि मात्रै पनि बिगारेर÷बिग्रिएर पनि अपभ्रंशित हुँदै गई रहेको अवस्था पनि देखिन्छ ।

जस्तो उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको ईलाम जिल्लामा रहेको सन्दकफुलाई नै लिऊँ । ‘सन्दकफु’लाई हाल सन्दकपुर बनाइएको छ । उता अन्तुडाँडाको नाम पूरै परिवर्तन गरेर ‘दीपेन्द्र’ (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर बनाइएको छ । तर, आजभोलि अन्तुडाँडाको नयाँ नाम दीपेन्द्र शिखरभन्दा पनि अन्तुडाँडा भनेरै चिनिन थालेको छ । निश्चय नै यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । हुन त यी नामहरू लाप्चा आदिवासी जातिको मातृभाषामा रहेको (कसैकसैले मगर भाषामा रहेको नाम हो भने तापनि पाँचथर र ईलाम, खासगरी ईलाममा परापूर्व कालदेखि बस्दै आएको जाति भनेको लाप्चा जाति भएकोले लाप्चा जातिको भाषामा नै रहेको नामहरू हुन्, ती) स्थानीय स्थान नामहरू हुन् । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । यतिसम्म कि तेह्रथुम जिल्लाको सदरमुकाममा केही वर्षअघि स्थापना गरिएको ‘मेयङ लुङ’ (बिरालोको प्रतिमा) मा लेखिएको÷कुँदिएको ‘मेयङ लुङ’ अक्षरबाहेक तेह्रथुम जिल्लाभरिको होर्डिङ बोर्डहरूमा ‘म्याङलुङै’ ‘म्याङलुङ’ मात्रै लेखेको देखिन्छ । साथै तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंवा खोला भनिन्छ), झरनाको पनि नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन ‘मेयङ लुङ’ बजारभित्रै पर्ने ‘तुम्भुङ्ला’ तम्फुला भएको छ । र, तेह्रथुमकै ‘सुम्दोवा’ गाउँ हाल ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुम्लुङटार’ पनि अपभ्रंषित भएर हाल ‘तुम्लिङटार’ भएको छ । जुन विश्वकै होँचो उपत्यका पनि हो ।

तर, स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिबटार÷कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि विदेशी (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ–थियो । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका÷रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । यसरी आदिवासी जनजातका भाषामा रहेका तर, अरु भाषाबाट अतिक्रमित भएका स्थान नामहरू धेरै रहे तापनि, पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेवि’ज फल्स’ भएको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वेपत्ता भएपछि÷मरेपछि ! ‘पाताले छाँँगो’ ‘डेवि’ज फल्स’ भएकी हुन् !

अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरूका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरू पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरूको नाम पनि अन्य विदेश भाषा र खस वा नेपाली भाषाको अतिक्रमणमा खुबै परेका छन् भन्न सकिन्छ । त्यस्ता केही हिमालहरूको नाम तल उल्लेख गरिएको छ । १. सेवालुङ (कञ्चनजंघा) । २. फक्ताङलुङ (जान्नु–कुम्भकर्ण) । ३. सेसेलुङ (मकालु) । ४. चोमोलुङमा (सगरमाथा खस–नेपाली भाषाको नाम र एभरेष्ट अंग्रेज–अंग्रेजी भाषाको नाम) । ५. आम्पा मारे (गौरीशंकर) । ६. ख्वाप्स्लाङ–कार्पो (गणेश हिमाल) । ७. उर्कीमा (बाडेन पावेल–स्काउटका जन्मदाताको नाममा) । ८. जाक्सम्बा (पासाङल्हामु चुली–प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाममा) । ९. धाम्पुस (थापा पिक) । १०. झोङ–री (पिसाङ पिक) । ११. प्याङगेन पुथाङ (मनास्लु) । १२. ङादी चुली (डाक्टर हर्क चुली), डोम ब्लँ, प्mल्युटेट पिक आदि ।

यसरी हेर्दा नेपालका विभिन्न स्थान, हिमाल, गाउँ, ठाउँ आदिको नामहरू जर्बजस्त ढंगले अतिक्रमित र अपभ्रंषित हँुदै गएका छन भने नयाँ नाम राख्ने क्रममा विवाद र होर्डिङ बोर्ड फालाफालसमेत भएको उदारणहरू प्रशस्तै छन् । जस्तो कि, तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरूले ‘शिव चोक’ बनाएरै छाडे । यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति आदि भनी चिनाउने र, लगभग ८–१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत सहजै स्वीकार गर्न सकेको देखिदैन भने, कुलुङ लगायत १६ खम्बुका सन्तान लगायत नेपालका प्रायः सबै किरातीहरूको उत्पत्त–थलो भनी मुन्धुम (कुलुुङ जातिले मुन्धुमलाई रीदूम भन्छन्) मा आउने (बखानिने/पुकारिने) खुवालुङलाई फुटाएर पानी जहाज चलाउँछु भन्नु कुन ठूलो कुरो भयो र ? किनभने, राज्य र राज्य पक्षका मान्छेहरूहरूका लागि त खुवालुङ भनेको फगत एउटा ढुंगो न हो । तर, ….

त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नाम समेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ–म्यानमार’ भैसकेकोले पनि देखाउँछ । यसरी पहले विदेशीहरूले आप्mनो भाषामा राखेको र पछि आफ्रनै भाषामा नाम राखिएको केही सहरहरूको नामहरू यहाँ उल्लेख गरिएको छ । जस्तो कि, भारतको बम्बई सहर हाल मुम्बई भएको छ । त्यस्तै मद«ास सहर चेन्नाई भएको छ । कलकत्ता सहर कोलकाता भएको छ । उता बर्मा भनी चिनिने देश पनि हाल ‘म्यामाँ–म्यानमार’ भैसकेको छ भन्ने त माथि उल्ल्ख भएको छ । बर्माको राजधानी सरह रंगुन पनि ‘याँगु–यांगुन’ भएको छ ।

त्यसैले नेपालमा पनि चर्को रूपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरूले यसबारेमा पनि पहल कदमी लिने हो कि ? खासमा संघीयताको मर्म अनुरूप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुम्लुङटार, कञ्नजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि भनी किन पुनः नामाकरण नगर्ने ? त्यतिमात्रै होइन, नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेका÷रहिआएका स्थान नामहरू पुनः स्थापित गराउन किन पहल नगर्ने ? उसो त ‘काठमाण्डौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरू ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ भनी स्व. धनबज्र बज्राचार्यद्धारा लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको पनि छ ।

नेपालमा नाम मात्रैको भए तापनि हाल संघीयता आएको छ । यसरी संघीयता लागू भए÷आएसँगै अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरूको नाम पनि पुनः स्थापित होओस् भन्ने कामना गरौं । माथि उल्लेखित बाहेक नेपालभरि नै नेपालका आदिवासी जनजातिहरूका मातृभाषामा रहेका जति पनि अपभ्रंषित भएका र अपहरित भएका स्थान नामहरू छन्, ती सबै स्थान नामहरूको स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरूले पुकार्ने नामहरू नै पुनः स्थापित गरिनु/लेखिनु/उच्चारण गरिनु पर्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारहरूले नै समन्वयय गरेर विगतमा एकल जातीय सोचका कारण होस् वा बोलाउन सजिलोका कारणले, त्यो बेला खसकरण–खसीकरण र हिन्दुकरणमा परेर विस्थापित वा अपभ्रंष भएका आदिवासी जनजातिका मातृभाषामा रहेका सम्पूर्ण स्थान नामहरूको नाम पुनः उनीहरूकै भाषामा नामाकरण गरिएको छ भनी सरकारले नै सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने देखिन्छ । के यस विषयमा सरकारले आँट गर्न सक्छ ?

थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...