रुख चढेका किस्सा - Naya Online

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ

आज रुखको कुरा आइरहेको हुनाले …
मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी हुँदा कति रुख चढियो अहिलेपनि हाँगो फिजिएको रुख देख्यो कि चढौ चढौ लाग्छ ।
जिन्दगीमा रुख कति रहरले चढियो कति बाध्यताले ।
आज म तपाईंहरूलाई मेरो रुख चढाइ र भोगाइको केही रहरका केही बाध्यताका किस्साहरू सुनाउछु, तेतिबेला भोग्दा कठिन तर अहिले सम्झिन्दा आफुलाई रमाइलो लाग्ने मेरो सम्झनाको तिन किस्सा यहाँ राख्दैछु ।

किस्सा नं. १
बचपनमा म अलिक उपद्रो जिद्दी खाले स्वाभावको थिएँ । फुपुहरू बजारमा डेरा लिएर पढ्न बस्नुहुन्थ्यो । डेरादेखी स्कुल नजिकै भएकोले मलाई पनि साथमा लगेर राख्नुभयो ।
मुख्य बजारमा घरधनीको ठुलो किराना पसल थियो म धेरैजसो त्यहीँ पसलमा गएर भुजिया मागेर बसिरहन्थे ।
यो कुरा फुपुहरूले थाहा पाएपछि साफ्फी गाली गर्नु भयो म पनि फुपुहरूसँग मुख लाग्दै कुदे, केही समय बाहिर बसेपछि म डेरा फर्के ।
डेरा त फर्के तर फुपुहरूको डरले फुपुहरूको सामु पर्न सकिनँ, हाम्रो घरबेटीको आँगनमा ठुलो तित्रीको रुख थियो कसैले थाहा नपाउने गरी म तित्रीको रुखमा चढेर बसेँ ।
साँझ पर्यो फुपुहरूले खाना बनाउनु भो भान्छाको के के काम सक्नुभयो मैले यि सबै क्रियाकलाप रुख माथीबाट हेर्दै बसिरहेँ ।
रात पर्यो म डेरा न फर्केकोले फुपुहरू मलाई यताउता खोज्न थाले ।
यताउता मलाई न भेटेपछि टर्चलाइट बालेर फुपुहरू घरधनी सबैले सबैतिर मलाई खोज्न निस्के घरबेटीको पसलदेखी मैले पढ्ने स्कुलसम्म खोजेर आए ।
ति दृश्यहरू मैले चै रुख माथीबाट हेरिरहेँ ।

किस्सा नं.२
एकदिन म बारीमा त्यतिकै रहेको हलो ठेल्दै थिएँ । बाउले देखेछन् ‘त्यो हलो नचला’ भनेर कराउनु भो मैले अटेर गरेर हलो ठेलीरहेँ ।
पटकपटक बाउले कराउँदा नि मैले नटेरेपछि बाउ रिसले सिर्कुना बोकेर म भएतिर दौडदै आउनुभयो ।
बाउ सिर्कुना बोकेर आफुतिर आको देखेर म भागे, बारीभरी बाउछोरीको कुदाकुद भयो तर बाउले मलाई भेट्नु भएन, बारीभरी फनफनी कुदाएर होला बाउको रिसको सिमा नाघ्दै थियो, म घरतिर कुदेँ ।
धेरै कुदाएर होला बाउ रिसले रातोपिरो अनुहार पारेर झन खेद्दै आउनु भो म अघिअघि बाउ पछिपछि कुदाइ भैइरहेको थियो आँगन आइपुग्नसाथ घरको आँगनमा भएको मसालाकाठको रुख चढीहालेँ । बाउको सिर्कुनाले झन्डै झन्डै भेट्दै म रुखको निकै माथी पुगेँ ।
बाउ हातमा सिर्कुना बोकेर आधा घन्टाजति रुखको फेदमा कुरेर बस्नुभो तर म झरिनँ ।
त्यसपछि बाउ थाकेर होला रुखको फेदबाट हिड्नुभयो ।

किस्सा नं.३
एकखेप हामी टोलको दशबाह्र जना जति केटाकेटीहरू गाउँभन्दा माथी डाँडामा कमेरो माटो लिन हिँड्यौ ।
खोलैखोला हिँडेपछि आउँथ्यो त्यो डाँडा, दिनभरी त्यै खोला र डाँडामा खेलेर एक एक पोका माटो बोकेर घर फर्किदै गर्दा बाटोमा लटरम्मै फलेको कटहरको रुख देख्यौँ ।
केटाकेटीहरूको सबैको सल्लाह भयो, कटहर टिपेर लाने सिधै भाषामा भन्नुपर्दा अर्काको बारीको कटहर चोरेर लाने । कटहरको रुख निकै बुढो हाम्रो ज्यान भन्दा दसगुना मोटो थियो होला ।
हाम्रो ग्रुपमा केटाहरू नि थिए तर कसैलेपनि त्यो कटहरको रुख चढ्ने आँट गरेनन, रुख चढ्ने बाँदर जातको मै त थिए जसोतसो मै चढेँ । तलबाट साथीहरूले आफुले लाने कटहर रोज्थे, म टिपेर झारिदिन्थे । लगभग सबैको भागमा कटहर परिसकेको थियो ।
त्येसैबेला एउटा अधबैँसे मान्छे हातमा लामो न लामो बाँसको घोँचा बोकेर अर्काको बारीको कटहर चोर्ने चोरहरू को हो ? भन्दै कराउँदै कुदेर आयो, त्यो मान्छे र घोँचा देख्नसाथ सबै केटाकेटीहरू आ आफ्नो भागको कटहर बोकेर कुदे । म सानो फुच्ची ! त्यत्रो मोटो रुखबाट फुत्रुक्क झरेर भाग्न सकिनँ रुख माथी नै अड्किएँ ।
तलबाट कटहर धनी बाँसको घोँचा माथीतिर तेस्र्याएर मलाई कराउँदैथ्यो, म चुपचाप केहि नबोली बसिरहेँ । एकछिनपछि, कटहर धनीलाई सानी फुच्ची देखेर माया लागेछ क्यार ! अलिक नरम बोली गरेर भन्यो –‘ए फुच्ची त घर जाँदैनस् ? यै रुखमा बसिरहन्छेस् ? बिस्तारै झर लु म कुट्दिन ।’
म विस्तारै झरेँ, साच्चै ति कटहर धनीले मलाई कुटेनन् । बरु आइन्दा यसरी अर्काको बारीको फलफूल नोचोर्नु बरु माग्नु भनेर सम्झाएर पठाए ।
अफ्ठ्यारोमा साथीहरूले मलाई एक्लै छाडेर गएकोमा चित्त दुखेर आयो । म घोसेमुन्टो पारेर लुरुलुरु ओरालो झरेँ । साथीहरू बाटोमा कटहर बोकेर बसिराको रहेछन्, मलाई देखेर खुशी भए, मैले त कटहर ल्याउन पाइनँ । ‘एउटा कटहर देउ’ भने एउटाको भागमा दुईवटा कटहर परेको रहेछ ठुलो र सानो, सानो कटहर चै मलाई दियो । काम गर्ने कालु मकै खाने भालु मनमनै रिसले भने यिनीहरूलाई बित्थामा कटहर झारिदिएछु ।
कटहर बोकेर झर्दैगर्दा अलिक तल बस्तिमा दुइ तिन जना बाहुनी आइमाईहरूले हामीलाई कटहर किन्न मागे, सुरुमा एक रुप्पे गोटा मागे हामीले दिएनौ । भरै सात रुप्पेमा तिनवटा कटहर बेचेर चटपटे खादै ओरालो झरियो ।
अहिले पनि काठमाडौँमा म बसेको छेउमै पार्क छ त्यहाँ झ्याम्म परेका रुखहरू छन् । ति रुखहरूमा कुन कुन रुखको डालीमा बस्दा मज्जा हुन्छ देखिसकेको छु । तर सहरमा रुख चढ्दा देख्नेले अनौठो मान्लान् बाँदर भन्लान् भनेर आफुलाई रोकिरहेको छु । भनौं न सहि मौकाको दाउ छोपेर बसेको छु ।

लेखकको फेसबुकबाट साभार

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...