फिदिम – प्रदेशसभा ‘क’ पाँचथरका उम्मेदवार सागर केरुङ्ले आफ्नो गठबन्धनले निर्वाचन जित्ने दावी गरेका छन । आइतबार फालेलुङ १ स्थित खुँवामा सम्पन्न भेलामा उक्त कुरा बताएका हुन् । लिम्बुहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङ र सम्पुर्ण लिम्बुथरिहरुको थरगत सयङ्ले प्रदेश नं. १ को नाम लिम्बुवान किरात, लिम्बू भाषालाइ सरकारी कामकाजीको भाषा, लिम्बुहरुको समाधीस्थल र माङ्गेन्ना यक संरक्षण गर्न एजेन्डा बोकेका उम्मेदवारहरुलाई जिताउने निर्णय गरेपस्चात उक्त कुरा चर्चामा आएको हो । चुनावी सभालाइ सम्बोधन गर्दै केरुङ्ले भने ‘हाम्रो सामुदायिक गठबन्धनले चुनाव जित्छ’ । सामुदायिक गठबन्धनलाई प्रस्टाउदै भने ‘हाम्रो गठबन्धन यहाँको माटोसँग छ, मातृभाषा सँग छ, माङ्गेन्ना यकहरुसँग छ, त्यसैले हाम्रो सामुदायिक गठबन्धनले जित्छ, यसपटकको चुनाव समुदायले जित्छ, दाप सहितको खुकुरीले जित्छ’ । सत्ता गठबन्धन नेपाली काङ्ग्रेस (८८), नेकपा माओवादी केन्द्र (४८), नेपाल कम्युनिस्ट पार्टी समाजवादी (२०), लोसपा (७), जनमोर्चा (२) र विपक्षी गठबन्धनमा नेकपा एमाले (१४३), जसपा (१७), राप्रपा (३), राप्रपा नेपाल (१) काङ्ग्रेस बिपि (१) बाँडफाँड गरि निर्वाचनमा होमिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चले भने किरात याक्थुङ चुम्लुङ, थरगत सयङ, लिम्बू बिद्यार्थी मञ्च लगायतको सहकार्य गरि चुनावी माहोलमा होमिएका छन । पाँचथरका स्वतन्त्र नागरिक, कलाकार, साहित्यकारहरुको टोलिले सागर केरुङ जिताऔँ अभियान स्वतन्त्र नागरिक समूह गठन गरि सागर केरुङ्लाइ जिताउन लागिपरेका छन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।