बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई बिघटन गर्ने भएको छ ।

जसपा नेपालको मंसिर २८ र २९ गते सम्पन्न केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी उच्च स्रोतका अनुसार आगामी चैत मसान्तभित्र पार्टी मातहतका प्रदेश समितिहरु, पहिचानमा आधारित राष्ट्रिय समितिहरु, स्थानीय तहका समितिहरुको अधिवेशन सम्पन्न गर्ने र वैशाख २५ गतेभित्र जनवर्गीय संगठनहरुको केन्द्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

शुक्रबार र शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी बैठकले भदौदेखि मंसिर महिनासम्म सञ्चालन गरेको चार महिने ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म अवधि थप गर्ने निर्णय गरेको हो ।

संगठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्षसहित सञ्चालित अभियानलाई माघ मसान्तसम्मलाई निरन्तरता दिने निर्णय भएको स्रोतको भनाइ छ ।

बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित देशैभरिबाट पार्टीले प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहेपनि पर्याप्त नभएको ठहर गर्दै थप संगठन निर्माण र विस्तारमा लाग्नु पर्ने निष्कर्ष निकालेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...