हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
समाजसेवी, चलचित्र निर्माता तथा सफल व्यवसायी रबिन कुमार नाल्बोको संयोजकत्वमा आउने डिसेम्बर ३१ अंग्रेजी नयाँ बर्षको इभका दिन जोर्डन याक एण्ड यति रेस्टुरेण्ट बारमा कार्यक्रम हुने भएको हो ।
एचके मेलोडी क्लब एंड फक्ताङ्लुङ इन्टरटेन्मेट प्राइभेट लिमिटेड र पंधाक परिवार हङकङ्को आयोजना तथा गोर्खा फोर्स सेक्वुरेटी, मनकामना नेपाली रेस्टुरेन्ट, शे क्यु एकेडेमी जोर्डन हङकङ, मंगोलियन रेस्टुरेन्ट, नाइस कन्सल्टेन्सि, लेजी बार एन्ड रेस्ट्रोको प्रायोजनमा कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रमका लागि रबिन कुमार नाल्बो, त्रिभुवन लुम्फुङ्वा, हाङ चेम्जोङ, पुर्णिमा राई, रेखा लावती र लक्ष्मी योङ्हाङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।