काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको छ ।
प्रेमिकालाई निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेको गीतको भाव छ । भावनात्मक रूपमा प्रेमको सम्बन्ध कालान्तरसम्म जिवित हुने कुरामा गीतमार्फत विश्वस्त पार्न खोजिएको छ ।
अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतको भिडियोमा उत्तम हुमागाईँको छायाँकन, राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको छ ।
शिशिर बुढाथोकीको निर्देशनमा भिडियोमा दिपेन्द्र गिरी, आभा थापाको अभिनय रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।