काठमाडौं, १ चैत्र ।
संविधान संशोधन प्रस्ताव पारित गर्ने र स्थानीय तहको निर्वाचनको काम सँगै बढाउनुपर्ने नेपाली काँग्रेसले जोड दिएको छ ।
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै दल निर्वाचनमा सहभागी हुने राजनीतिक वातावरण निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा छलफल गरी यस्तो निष्कर्ष निकालिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको हो ।
बैठकले चैत १० गते पार्टीको केन्द्रीय समिति बैठक ढाक्ने निर्णय गरेको नेता पौडेलले जानकारी दिनुभयो । संशोधन प्रस्ताव पारित गरेर मुलुकका राजनीतिक समस्या समाधान गर्न काँग्रेसले नेतृत्व लिनुपर्ने विषयमा छलफल भएको काँग्रेस नेता फरमुल्ला मन्सुरले बताउनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।