दमकमा गोर्खा ब्रदर्शको सेवा सुरु - Naya Online

दमकमा गोर्खा ब्रदर्शको सेवा सुरु

आर्मीमा जान चाहने युवा लाभान्वित हुने

दमक, २४ वैशाख ।ब्रिटिस आर्मी, सिंगापुर पुलिस, भारतीय आर्मीमा करिअर बनाउन चाहने याुवा पुस्ताका लागि आजकल प्रि आर्मी ट्रेनिङ निक्कै प्रभावकारी बन्दै गएको छ । देशभर सयौं यस्ता ट्रेनिङ सेन्टरहरु सञ्चालन भएका छन्, जसले आर्मीमा भविष्य देखेका युवाहरुलाई आवश्यक शिक्षा र शारीरिक अभ्यास गराउँछ ।
आइतबार झापाको दमकमा गोर्खा ब्रदर्श ट्रेनिङ एकाडेमीले पनि युवाहरुको यहि चाहनालाई पूरा गर्न आफ्नो शाखा र सेवा विस्तार गरेको छ । नेपाली युवामाझ आकर्षक बन्दै गएको ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा भर्ती हुन चाहने युवाका लागि पूर्व तयारी कक्षा लिन अब गोर्खा ब्रदर्श ट्रेनिङ एकाडेमी भरपर्दो गन्तव्य हुने एकाडेमीका निर्देशक एकराज नेम्बाङले जानकारी दिनुभयो ।आर्मीका लागि विशेष तयारी कक्षा सञ्चालन र शारीरिक अभ्यासका लागि आवासीय सुविधा उपलब्ध गराउने योजनासहित शाखा समुद्घाटन गरिएको एकाडेमीका दमक शाखा प्रमुख नन्दहाङ नेम्बाङले बताउनुभयो । उहाँका अनुसार दमकमा शाखा स्थापनासँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ लगायत जिल्लाका इच्छुक प्रशिक्षार्थीलाई सहज हुनेछ ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, अनरेरी क्याप्टेन दिगम्बर शेर्मा लिम्बू लगायतको आतिथ्यता रहेको थियो । एकाडेमीकी ब्राण्ड एम्बासडर रहेकी कलाकार सिर्जना निङ्लेखुले रिबन काटेर शाखाको कार्यालय उद्घाटन गर्नुभएको थियो ।
एकाडेमीले क्रमशः आर्मी प्रि ट्रेनिङका अतिरिक्त विभिन्न भाषाका कक्षाहरु, सेक्युरिटी सर्भिस, वेरिङ, प्लम्बिङ लगायतका तालिम पनि सञ्चालन गर्दै जाने एकाडेमीका रमेश तुम्रोकले जानकारी दिनुभयो । दमक ५ भृकुटीचोकमा रहेको एकाडेमीमा हाल ३५ भन्दा बढी युवा प्रशिक्षणमा सहभागी रहेको तुम्रोकको भनाइ छ । न्यूनतम एसईई तहको परीक्षामा उत्तिर्ण र १७ वर्ष ५ महिना उमेर पुगी २१ वर्ष उमेरभित्रका युवाले बिट्रस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा आवेदन गर्न सक्छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...