साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार - Naya Online

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

काठमाण्डौं, ७ साउन/किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रूपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यसवर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा या चुम्भोद्वारा प्रकाशित साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने भएको छ ।

येवा पूर्ण प्रसाद तवेबुङ ‘कमल’ (येभुक्को येभुन्याङया) प्रमुख संकलक र येवा खड्ग बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ्या), साम्बा बुद्धिराज मादेन (साम्जिरी साम्खेन्याङ् साम्बा), फेदाङ्मा मेघराज इधिङ्गो (फेजिक्कुम फेदाङ्मा), युमा भक्तिदेवी फुरुम्बो (युमासाम्) संकलक र डी.बी.आङ्बुङले सम्पादन÷अनुवाद गरेको साम्जिक मुन्धुमलाई यस वर्षको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार–२०६७ प्रदान गरिने भएको छ ।

मुन्धुमका श्रोत व्यक्तिहरू स्व. डम्बर बहादुर लिङ्खिम, स्व.नर बहादुर मावोहाङ र बल बहादुर पताङ्वा रहेको सो साम्जिक मुन्धुम करिव दस वर्ष भन्दा बढी लगाएर यस वर्ष २०७९ मा प्रकाशनमा ल्याइएको हो । जम्मा १८०८ पृष्ठ रहेको उक्त मुन्धुममा याक्थुङ मुन्धुमलाई ५५ वटा मुन्धुमको सूची र वाँकी सहयोगदाताहरूको विवरण ५ वटा गरेर ६० वटा विषय सूचि निर्माण गरिएको छ । यो अहिलेसम्मकै धेरै मुन्धुम समेटिएको र ठूलो मुन्धुमको ठेली हो ।

संचालक समितिले असार १२ गतेका दिन येहाङ लाओतीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको थियो । सदस्यद्वयमा यासेली योङहाङ र अम्मर तुम्याङ रहेका थिए । संचालक समितिले सोहीदिन १५ दिनको समय राखी असार २७ गते अपरान्ह ५ बजेसम्म मुन्धुमसंग सम्बन्धित कृतीहरू आव्हन गरेको थियो । सो अनुसार यस वर्ष नियमावली अनुसार ४ वटा आवेदन अन्तर्गत र वाँकी २ वटा संचालक समितिले समावेस गरेका गरी ६ वटा कृतिहरू आएका थिए । जसमा आवेदन भई आएकाहरूमा साम्जिक मुन्धुम, चारमाया पालाम, याक्थुङ येत्छाम खाजोङहा, याक्थुङ संकारहरू परेका थिए भने संचालक समितिले तङ्सिङ मुन्धुम र लिम्बू जातिको मृत्यु दस्तुर २ वटा कृति प्रतिस्पर्धाको लागि समावेस गरेको थियो । यस साम्जिक मुन्धुमलाई पुरस्कार छनवट समितिले उत्कृष्ट ठहर गरी सिफारिस गरेको र सो सिफारिसलाई सदर गर्दै संचालक समितिको श्रावण ५ गतेको बैठकले यस वर्ष २०७९ को रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा या चुम्भोद्वारा प्रकाशित साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने निर्णय गरिएको जनाएको छ । पुरस्कार राशि एकलाख रूपैया रहेको जनाइएको छ ।

यो पुरस्कार यस अगावै पुर्व कुलपती बैरागी काइलाद्वारा लिखित तङसिङतक्मा मुन्धुम, उनैद्वारा लिखित मुजिना खेयङ्ना मुन्धुम, लाहादङ्ना–सुवाम्फेवा मुन्धुम, पाजाइवा मुन्धुम, खाप्पुनामा मेल्लहाङ्मा मुन्धुम, लुप्लिनामा वदङ्नामा मुन्धुम र केसामी नाम्सामी मुन्धुमले पाइसकेका छन् ।

रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ का लागि प्रत्येक दुई वर्षमा किरात याक्थुङ चुम्लुङको स्थापना दिवस भाद्र १७ गते उक्त पुरस्कार प्रदान गरिन्छ । किरात सिरिजंगा लिपी, याक्थुङ (लिम्बु) भाषा र नेपाली वा अंग्रेजीमा अनुवाद गरिएकोलाई पहिलो प्राथमिकता दिइने यो पुरस्कार दोस्रो प्राथमिकतामा देवानागरिक लिपीमा लेखिएपनि अंग्रेजी वा नेपालीमा अनुवाद गर्नु पर्ने प्रावधान छ ।

कृतिहरू मुन्धुममा आधारित, खोजमूलक, अनुसन्धानात्मक र सान्दार्भिक प्रमाणयुक्त हुनु पर्ने नियमावलीमा उल्लेख भएको सञ्चालक समितिका सदस्य सचिव डा.कमल तिगेला खेवाहाङले बताउनु भयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

प्राणीशास्त्रका विद्यार्थी निस्वार्थ छन्– प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्राणीशास्त्रमा अध्ययन र अध्यापनरत विद्यार्थी, शिक्षकहरु...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...