मंसिर ५, तेह्रथुम ।
लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ । तेह्रथुमको गुफा पोखरी, मेयङ्लुङ, बसन्तपुर चो?लुङ पार्क लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरि मंगलबार सकिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको पालाममा नेम खापुङ्को शब्द, रिता फोम्बो ठुलिको लय संकलन, असारसिंह निङ्लेकु र मोति हुक्पा चोङ्बाङ केदेमको स्वर दिएका छन भने कृष्णभक्त राइले संगीत संयोजन गरेका छन । सागर केरुङ्, सुम्निमा खापुङ्, दुर्गा तुम्सा, रिता फोम्बो ठुली, सुन्दर ,मोति हुक्पाचोङ्बाङ्, निङ्लेकु, असारशिं निङ्लेकु, इन्द्र शुशिल लिम्बु,सीता फोम्बो, याम फत्र लिम्बु, सनी नेम्बाङ, भीमा चेम्जोङ, अन्जना याक्खा क्याक लिम्बु, अबि तुम्बापो लगायतले अभिनय गरेका छन भने महेश सिग्देलको शृङ्गार, शिरकुमार राइको छायांकन र हेम हुक्पा चोङ्बाङको निर्माण रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।