वि.वि.याक्खा
भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा थन्काउदै विजेताको रूपमा आफूलाई उभ्याई ईतिहास रच्न सफल भयो मधेस । यो निकै खुसी र गौरवको विषय हो ।
यसैले खेल क्षेत्रमा आ–आफ्नोे मनपरेको टिमलाई समर्थन गर्ने परम्परा वा जित्दा एक आपसमा खुसी साटासाट गर्ने कुरा पनि कुनै नौलो होईन जुनकुरा निरन्तर रूपमा चलिआएको नै हो । यसैले अनौठो बिल्कुलै हैन । यतिसम्म आईपुग्दा ठिक्कै हो माहोल बिग्रेको पक्कै नै थिएन । क्रिकेटको बारेमा मलाई छक्का, पंन्जा सतक अनि रन भन्नेमा त्यति जानकारी भएको मान्छे बिल्कुलै पनि हुँदै है म आफू चै ! किनभने सुदुरपुर्वी पहाडको हिमाली जिल्ला संखुवासभामा नै हुर्केको बढेको एउटा मनुवा भएको कारणले पनि थाहा भएन ।
कारण मेरो गल्ती हैन ! किन कि म जन्मे र हुर्केको त्यो समयमा हाम्रो जिल्लातिर र हामीले खेल्ने खेलभित्र क्रिकेट पर्दैन थियो । मात्रै क्रिकेटको बारेमा बेला– बखत पत्र पत्रिकामा मात्रै देख्थे । जहाँ इन्डियन क्रिकेटर सचिन तेन्दुकर, महेन्द्रसिंह धोनीहरू हुन्थे, अलिक उमेर पुग्दै गएपछि मधेसको समथर जमिनहरूमा मैले पनि आफ्नो पाइलाहरू टेक्न थालेयता ब्याट, बल लिएर ग्राउन्डमा खेल्दै गरिरहेको युवाहरूलाई देख्दा मात्रै ए!यस्तो पो क्रिकेट भनेको भनेर मेरो मस्तिष्कमा पनि छाप पर्दै गयो भनौं ।
माथि नै भनिसकेको छु है ! मलाई क्रिकेट बारेमा कुनै ज्ञान छैन । तैपनि यसबारेमा बिल्कुलै चासो र खबर नराख्ने भने चै हैन । धेरै लामो पो ब्याख्या गरे कि ? अब मुख्य कुरातर्फ नै लागौ है ! एनपीएल अन्तिम खेलपछि कीर्तिपुर मैदानबाट समर्थक साथै दर्शकहरू बाहिरिने क्रममा ज्यादै नमिठो र अप्रिय घटना घटाउन पुग्यो । त्यो चै म लगायत धेरै मानिसहरूको चासो अनि चर्चा सहित दुखाइ अनि पीडाको कुरा बन्नु पुग्यो । अब लागौं त्यसतर्फ जो घटनासँग समन्धित फेरिफेरिमा रहेर नै कुरा गरौं । त्यस खेलको अन्तिम दिनमा बाहिरतर्फ रोयल सुदुर पश्चिम् टिमको समर्थकहरूले बिजेता मधेसी टिम र मधेसी समुदायप्रति गरेको गालीगलौज र उदण्ड व्याहार भत्र्सना नै नगरिकन बस्ने अवस्थाको पक्कै थिएन, जुन खेदजनक छ । त्यो घटना विभेद्कारी र पीडादायी थियो ।
खेल हो जित्नु र हार्नु खेलको नियम पनि हो कुनै दुबिधा छैन । तर खेलको नाममा कुनै जाति धर्म र समुदाय प्रति तुच्छ कर्म गर्नु वा गराउनु भनेको चै एकदमै अमानवीय हर्कत हुनेछन् । त्यो हर्कतको गतिलो कालो र धमिलो बाछिटा भने पर्नुगयो । यसैले पनि यो कुराको बोध हुन्छ मधेस र मधेसी समुदायप्रति एकात्मक नश्लवादी सोच र धारणा राख्ने व्यक्ति र राज्यसत्ताले निरन्तर रूपमा हेप्दै र विभेदको जाँतोमा पिस्दै आएको एक हेपाहा प्रवृतिको र विभेदकारी ब्यावहारको नमिठो गन्ध हुवास्सै ! म जन्मेकै आधार अनि मेरो शरिरिक बनोट र रङ्ग रोगनको कुरा गर्ने हो भने पाहाडे जनजाति समुदायको सदस्य मध्य एक हो ।
समग्रमा भनुपर्दा एक नेपाली नागरिक हुँ, नागरिकताका हिसाबमा । हो नेपाल राष्ट्रको भूगोलभित्र अटाएको सम्पुर्ण जात जाती समुदाय, वर्ग र लिङ्गको मानिसहरू हामी नेपालीहरू नै हौँ । तर राज्य र राज्य संन्चालन गर्ने एकात्मक नश्लवादी राज्यसत्ताको डाडु र पन्यु लिनेहरूले कहिले सम्मान दृष्टिले हेर्नु सकेनन्, त्यसैको फलस्वरूप मधेस जहिले विभेद र अन्यायको चपेटामा हेपिन्दै र चेपिन्दै निरन्तर रूपमा अझैसम्म आईरहेछ । आफ्नै देशमा मधेसी समुदायले पटकपटक आफू नेपाली हुँ भनेर बारम्बार आफैंलाई प्रमाणित गर्नु परेको घटनाहरू त कति होलान् कति जुन कुरा भोग्ने, पर्नेहरूलाई राम्रोसँग थाहा होला !
कुनै बस चढदा होस्, वा कुनै व्यापार वा कामले आफ्नो गाउँ बस्तीभन्दा टाढा पुग्दा भैया ! अझै बिहारी प्याच्चै भन्दा कस्तो होला ? जो जन्मजात नेपाली माटोमा नै जन्मे र हुर्केको छ । छालाको आधारमा पनि भन्दिन्छ ए काले धोती ठुलो हुन्छ्स् ! भनेर ! हैन हजुर म नेपाली नै हुँ मेरो बाबु, बाजे, हजुरआमा र आमा पनि नेपाली नै हुनुहुन्छ भने म कसरी आर्को देशको मान्छे भएँ ? भनेर स्पष्टीकरण सहित प्रतिप्रश्न गर्दा पनि उल्टै नागारिकता किन्या होला भन्ने जस्तो तुच्छ बचन गर्दा आफैं चुप लाग्नुपर्ने बातावरणको सिर्जना बेहोर्नुपर्ने स्थिति आउछ ।
जहाँ कुनै अपन्त्वको अभास झल्कदैन मात्रै विभेदको गन्ध आउछ । त्यस्तै जति पनि कला र नेपाली साहित्यहरू लेखिन्छ त्यहाँ पनि मधेसको बलियो उपस्थित देख्न र पाउन सकिदैन साच्चैभन्दा मधेसको झल्को दिने प्रष्ट अनुहार नै पाईदैन । चलचित्र क्षेत्रमा पनि गतिलो भुमिका दिएर पात्रलाई प्रस्तुत गरेको पाइदैन । अनि कहाँ कहाँ छैन देशभित्र मधेस र मधेसीहरू प्रति विभेद ? शुद्ध नेपाली शब्द प्रष्ट उचारण बोलाईमा नहनु छाला रङ्ग अनि शारीरिक बनोट केही रहनसहन छिमेकी मुलुकको नागरिकहरू सँग मिल्यो भन्दैमा नेपाली नै नठान्नु र दोस्रो दर्जाको नागरिक मान्नु भनेको एकदमै आफैंमा एक मानसिक रोगी ठान्नु नै हो ।
जस्तै कुवाको भ्यागुतोले आफ्नो दुनियाँ मात्रै कुवा ठान्ने गर्दछ । तर यातर्थमा भने बाहिर दुनियाँ त व्यापक विशाल र ठुलो छ । यसैले भ्यागुतो झैँ भ्रममा बाच्नेहरूले पाहाड र पहाडी समुदाय मात्रै नेपाल र नेपाली ठान्नु भनेको उनै भ्यागुतोजस्तो भ्रममा बाँच्नु र बस्नुभन्दा फरक आर्को कुनै विकल्प देखिन्न साच्चै !
भैया ! आफैँमा चै नराम्रो शब्द हुँदै हैन तर यसै शब्दले हेयको धारणा बनाउदै बाबु काकासम्मको मान्छेलाई हेपेर बोलेपछि चै पक्कै पनि यो आपत्तिको कुरा हुन्छ । जुन निचो देखाउन प्रयोग गरिरहेको हुन्छ । अर्को शब्द धोती वास्तवमा यो पनि नराम्रो हैन पहाडी समुदायले दौरा सुरुवाल र टोपी पहिरिए जस्तै मधेसी समुदायले धोती र गाम्छा पहिरिनु भनेको त यो पहिचान हो । तर यसैलाई आक्रोशपुर्ण ढंगले हेपाईको दृष्टिले हेरिन्छ भने चै त्यो विभेद हुन्छ जुन कुराहुँदै र मधेस र मधेसीहरूले स्पष्ट रूपमा निरन्तर भोग्दै र त्यसको सामना गर्दै आईरहनुपरेको छ ।
कीर्तिपुर खेल मैदानमा देखिएको यसै मध्यको सानो झिल्को न थियो । विशाल र भयानक विभेदको लप्का त सदियौंदेखि नै छर्लङ्ग बलिरहेको अवस्थामा देख्न र मज्जाले नै बुझ्न सकिन्छ । यसैको नतिजा हो एकात्मक नश्लवादी राज्यसत्ताको चरम विभेदपुर्ण हेपाहा र विभेदकारी राज्यको रणनीतिको विरुद्धमा पटकपटक मधेसमा उठेको आन्दोलनहरू जसले गर्दा यो देशको शासन सत्ताको बाघडोर समालेर बसेको शासकहरू र तिनको मतियारहरूको मुटुको झन्डै चाल रोकिने अवस्थासम्म पुर्याउनुको कारण यि र यस्तो यस्तै नै हुन् । मधेस र मधेसी समुदायले यो राज्य ब्याबस्था निर्माण र शासन परिवर्तनको लागि पटकपटक मुल्य चुकाउनु कुनै कसर बाकी राखेको छैन ।नेपालमा जति पनि परिवर्तनको लागि भनेर खोलीएको पाटीहरू छन् जसलाई मधेस र मधेसी जनताहरूले निरन्तर नै संरक्षण र साथ दिदै आइरहेको अवस्था देखिन्छ ।
नेता गजेन्द्र नारायण सिंहलगायत धेरै साना ठुला नेता कार्यकर्ताले त्याग र बलिदान दिदै आईरहेको अवस्था बुझ्न् र अध्ययन नै गर्नु राम्रोसँग सकिन्छ । मधेसी समुदायहरू साच्चिकै भन्नुपर्दा त बिना बर्दीको सिपाही हुन् जसले सिमानाको जङ्गे पिलरसहित सीमा रक्षा गरेर बसेको छ जहाँ राज्यको शुन्य उपस्थिति छ । देशको ठुलो हिस्सा उब्जाउयुक्त जमीनको उत्पदनबाट पनि राज्यलाई ठूलो योगदान पुर्याएको प्रभावकारी रूपमा देखिन्छ ।
त्यति मात्रै नभएर आफ्नो निमेख नै सहि तैपनि दुर्गम र कठिन गाउँ बस्तीहरूमा द्यकअ, ःकअ बिज्ञान तथा गणित शिक्षकको रूपमा स्कुल कलेज पढाउनु शिक्षाको राम्रो पहुँच र विकास नभइसकेको अवस्थामा पनि योगदान पुर्याउनु गएको देखिन्छ ।
स्वदेशमा नै सानोतिनो ब्यापार ब्याबसाय गर्नु लाज मान्ने नेपाली समाजमा मधेसीहरूले स्वदेशमा नै रहेर तरकारी बेच्ने, कपाल काट्ने, जति सकिन्छ स्वदेशमा नै सरकारी होस् वा गैरसरकारी सेवामा रहेर मुलुकको जुनसुकै ठाउँ स्थानमा पुगेर सेवा प्रदान गर्ने आफ्नो खुट्टामा आफैं निर्धक्क जिउने पाठ सिकाउदै राज्यप्रति ठुलो गुन लगाउदै एक प्रकारको पाठ सिकाएको छ ।
यस बापत मधेस र मधेसीहरूले सम्मान हैसियत र सम्मान दृष्टिको हेराई र नेपाली हुँ भनेर छाती चौडा गरेर बाच्न पाउनु पर्ने बिना विभेदकारी सम्मानयोग्य हक र अधिकार मात्रै हो भन्ने मलाई लाग्दछ । त्यो भन्दा सिवाय बिल्कुलै अरु हुन् सक्दैन । तर राज्य बदलामा निरन्तर त्यो कीर्तिपुरको खेल मैदानमा देखिएको सानो विभेदको आँखीझ्यालबाट नियाल्दै जाँदा खै ! किन मधेस र मधेसी समुदाय प्रति विभेदको रड लगाईरहन्छ? यो प्रश्नको जवाफ नभेट्दा भने मलाई आफैँमा अचम्म लाग्छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।